विपद् प्रतिकार्यको अभ्यास गर्दे हुम्लाका सुरक्षाकर्मी

फिल्को मिसन

♦जेठ ३१,२०७९
सिमकोट । हुम्लाको सदरमुकामा सिमकोटमा विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति हुम्लाकोे आयोजनामा मंगलबार विपद् प्रतिकार्य अभ्यास गरिएको हो ।
मनसुन तथा अन्य प्रकोपबाट हुन सक्ने सम्भावित घटना तथा क्षतिको न्यूनीकरण तथा उद्धारका लागि हुम्लामा सुरक्षाकर्मीले विपद् प्रतिकार्य पूर्वाभ्यास गरेका छन्।
विपदमा परेकाहरुको खोज तथा उद्धारमा समन्वयात्मक तथा नेतृत्वदायी भूमिका, आवश्यकता अनुसार उद्धार र राहत सामाग्रीको बन्दोबस्ती, सुरक्षा निकायसंगको समन्वय तथा परिचालन लगायतका विषयमा केन्द्रित रहेर पूर्वअभ्यास गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सीता परियारले जनाएको छ ।
अभ्यासमा कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र रेडक्रसको टोलीले काल्पनिक रुपमा डेमो प्रर्दशनीमा कुनै मानिस भीरबाट लड्दा वा पहिरोमा परेका बेला गरिने उद्धार र उपचार गरेको थियो ।
विपतका घटनामा धनजनको क्षति हुन नदिनका लागि तयार रहेको सन्देश दिनका लागि र बिपदको पूर्वतयारीका लागि अभ्यास कार्यक्रमको आयोजना गरिएको हो ।
मनसुन सुरु हुनै लाग्दा  हुम्लाका सातैगाउँपालिकामा समेत विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि अभ्यास गरिएको छ । डेमो प्रर्दशनीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस