मानवअधिकार उलंघन र ज्यादतीका घटना बढे हुम्लामा

फिल्को मिसन

जेठ ३१,२०७९
सिमकोट । हुम्लामा मानवअधिकार उलंघन र ज्यादतीका घटनाहरुमा वृद्धि भइरहेको इन्सेक हुम्लाले बताएको छ।
मंगलबार अनौपचारिक सेवा केन्द्र(इन्सेक) हुम्लाले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनले मानवअधिकार उलंघन र ज्याजतीका घटनाहरु बढेको जनाएको छ ।
इन्सेक हुम्लाले सार्वजनिक गरेको प्रतिवेदनले बर्ष पुस्तक २०२३कालागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उलंघन तथा ज्यादतिसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम गर्ने क्रममा इन्सेकको अभिलेखमा विगतका वर्षहरु भन्दा यो वर्ष उक्त घटनाको सख्यामा वृद्धि भएको इन्सेकले जनाएको छ ।
इन्सेक हुम्लाले ०७८ पुस १७ गतेदेखि ०७९ जेठ ३१ गतेसम्म करिव ६ महिनामा सङ्कलन गरिएका १६ ओटा मानव अधिकारसँग सम्बन्धित घटनाहरू सर्वाजकि गरिएको थियो ।
जसमा सम्मानित रुपले बाँच्न पाउँने अधिकारसँग सम्बन्धित १० ओटा, स्वास्थ्य तथा शिक्षाका अधिकारसँग सम्बन्धित १ वटा, महिला अधिकार सम्बन्धि बलात्कार, बलात्कार प्रयास, यौनदुव्र्यवहारका ३ वटा, हत्याका १ ओटा र घरेलु हिंसाका १ वटा घटना प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस