याल्वाङमा आँखा उपचार केन्द्र सञ्चालन

फिल्को मिसन

जेठ ३१,२०७९
सिमकोट । हुम्लाको नाम्खा गाउँपालिका याल्वाङमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । तिलगंङ्गा आँखा अस्तपाल, गाउँपालिका र सेवा फाउण्डेसनको साझेदारीमा उक्त उपचार केन्द्र स्थापना भएको हो
उतरी हुम्लाको नाम्खा गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै स्थानीय खुसी भएका छन् । शक्रबार एक कार्यक्रमका बीच तिलगंङ्गा आँखा अस्तपालका डा विनोद पौडले आँखा उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुुसार दुुर्गम स्थानमा पहिलो पटक सुविधा सम्पन्न आँखा उपचार केन्द्र स्थापना भएको छ । उक्त उपचार केन्द्र स्थापनाका लागि केही समय अगाडी गाउँपालिका र तिलगङ्गा आँखा अस्पतालकाबिच सम्झौता भएको थियो ।
आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै नाम्खा गाउँपालिका सर्वसाधारणलाई आँखाको सामान्य जाँच तथा उपचारका लागि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले दाबी गरे । “नागरिकको आधारभूत स्वास्थ्य सेवाका लागि गाउँपालिका सधै लागि पर्ने छ,” प्रशासकिय प्रमुख न्यौपनाले बताए ”
यसका लागि तिलगङ्गा आँखा अस्पतालबाट एक टोली आएर उपचार केन्द्रका लागि आवश्यक उपकरण र सामाग्री हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस