हुम्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

असार १,२०७९
सिमकोट । हुम्लामा गाँउपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको निमार्णधिन धुम्मै मैदानमा सिमकोटमा रनिङ शिल्ड सुरु भएको हो ।
पहिलो दिनमा सिमकोट र खार्पुनाथ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। सिमकोट गाउँपालिकाको शिक्षा शाखाले गाउँपालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु भएको निमित अधिकृत उजिर रोकायाले बताउनु भयो ।
गाउँपालिकाका सात वटा मानसरोवर, बालमन्दिर, रलिङ, रामदेव, कैलाश, कर्णाली र सैपाल माविबीच प्रतियोगिता सुुरु भएको हो। फिल्ड र ट्र्याक गरी १५ वटा विधामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ।
प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्रयाक वा दुई फिल्ड एक ट्रयाकमा भाग लिन पाउने छन् । एथ्लेटिक्स प्रतियोगितामा प्रत्येक विद्यालयले रीले खेलको रुपमा महिला तथा पुरुष रीलेको प्रत्येक इभेन्टमा १÷१ समुह मात्र र अन्य प्रत्येक इभेन्टमा बढीमा २ खेलाडीहरुलाई सहभागी गराउन सक्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा भलिबल (छात्र÷छात्रा), कबड्डी (छात्र÷छात्रा), एथ्लेटिक्स (दौड (ट्रयाक) उफ्रने र फ्याक्ने (फिल्ड तर्फ) छात्रः– हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो र सटफुट विधामा प्रतियोगित हुने भएको छ ।
यसका लागि सात वटै माविका गरी डेढ सयभन्दा बढी खेलाडीले सहभागिता जनाएका छन्।
खार्पुनाथ गाउँपालिकास्तरीय प्रतियोगिता पनि सुुरु भएको छ। उक्त गाउँपालिका पाँच वटा माविबीच प्रतिस्पर्धा हुने भएको हो। उक्त गाउँपालिकामा पनि तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ।
दुुवै गाउँपालिकामा विद्यालयस्तरमा प्रतिस्पर्धा भएर छनोट भएका खेलाडीले असार ९ देखि ११ गतेसम्म सञ्चालन हुने जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने छन । उद्घाटन सत्रमा जिल्ला समन्वय प्रमुख रावत, सिमकोट गाउँपालिकाको अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष सुशीला भाम रोकायालगायत सहभागी थिए।