शुल्क नतिर्ने ग्राहकको लाइन काटियो,१४ लाख बक्यौता असुल

अर्जुन बोहरा

असार १,२०७९
हुम्ला । हिल्दुम विद्युुत् वितरण केन्द्रले लामो समयसम्म विद्युत महसुल तिर्न अटेर गर्ने २ सय १७ ग्राहकको लाइन काटेको छ । हिल्दुम विद्युुत् वितरण केन्द्रल केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काटेर कारबाही गरेको हो ।
केन्द्रका प्रमुख साजन ऐडीले ६० दिनभन्दा बढी समय उपभोग गरेको विद्युुत्को महसुुल नतिर्ने ग्राहकको लाइन काट्ने गरेको बताए । उनले विद्युुत् प्रयोगपछि नियमित रूपमा महसुल तिर्ने बानी बसाल्न केन्द्रले यसरी लाइन काट्ने गरेको बताए।
चैत महिनामा मात्रै महसुल नतिरेका २ सय १७ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख एडीले बताए । उनका अनुसार ग्राहकको लाइन काटेर कारबाही गरेपछि १ महिनामा २२ लाख १ हजार ७सय ७६ रुपैयाँ बाँकी महसुल वितरण केन्द्रले उठाएको छ । अझै ८ लाखभन्दा बढी उठ्न बाँकी रहेको बताए।
अहिले पनि ८३ ग्राहकको लाइन काटिएको छ। यसमा सरकारी कार्यालय, उद्योग र व्यक्तिगत ग्राहक परेका छन्। उनले अब विद्युत् महसुल नतिरेको साठी दिन कट्नेबित्तिकै बिना सूचना लाइन काटिने बताए। केन्द्रसँग सिमकोट र खार्पुनाथ गाउँपालिका गरी द २ हजार २ सयभन्दा बढी ग्राहक छन्।

प्रतिक्रिया दिनुहोस