राप्रपा हुम्लाले बुझायो प्रजिअमार्फत १९ बुँदे ज्ञापनपत्र (पूर्णपाठसहित)

अर्जुन बोहरा

असार १,२०७९
सिमकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)हुम्लाले प्रमुख जिल्ला अधिकारी सीता परियार मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार ज्ञापनपत्र बुझाएको छ । भ्रष्टाचारको अन्त्य, महँगी नियन्त्रण, किसानलाई समयमा नै मल, विउ उपलव्ध गराइनु पर्ने लगायतका जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुसहित राप्रपाले ज्ञापनपत्र बुझाएको हो ।
राप्रपा हुम्लाका अध्यक्ष विकास महतले १९ बुँदे ज्ञापनपत्रमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन र सम्बृद्धिको निमित्त स्थानीय प्रशासनमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
ज्ञापनपत्रमा तत्काल किसानलाई मल बीउ उपलब्ध गराउनुुपर्ने, महँगी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने, पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य शृंखलाबद्ध रूपमा वृद्धि भएकोमा त्यसलाई तत्काल घटाउनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गरिएको छ।
ज्ञापनपत्र बुुझ्दै प्रमुख जिल्ला अधिकारी सीता परियारले तत्काल माथिल्लो निकायमा पठाउने बताउनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी हुम्लाले नेपाल सरकार समक्ष पेश गरेका मागहरुः

 

प्रतिक्रिया दिनुहोस