प्रभावकारी बन्दै पञ्चकर्म आयुर्वेद सेवा

असार २,२०७९
हुम्ला ।हुम्लाको सदमुकाम सिमकोटमा रहेको आयुवेर्द सेवा केन्द्र सिमकोटले सञ्चान गरेको निःशुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी बन्दै गएको छ ।
हिमाली जिल्ला हुम्लामा बढि चिसो र हिमपात हुने भएकोले उहाँका विरामीहरु लाई पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी बनेको हो ।
बाथ, नशा, हाडजोर्नी दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या र डिपे्रसनका बिरामीका लागि मध्यनजर गर्दै औषधालयले सञ्चालन गरेको पञ्चकर्म आयुर्वेदिक चिकित्सा लिने बिरामीको सङ्ख्या बढ्न थालेको हो ।पञ्चकर्म सेवा सञ्चालन गरिएपछि औषधालयबाट उक्त सेवा लिन आयुवेर्द्ध सेवा केन्द्र दैनिक २० देखि २५ जना सम्म विरामी आउने गरेको कार्यालय प्रमुख जोसीले बताए ।
जस मध्ये पुरुष र महिलाको संख्या ‘पञ्चकर्म सेवा नहुँदा मुश्किलले वर्षमा सयजना बिरामी पनि औषधालयमा पुग्दैन्थे’, उनले भने, ‘पञ्चकर्म सेवा सञ्चालनपछि बिरामीको चाप निकै बढेको छ ।’ पञ्चकर्म चिकित्सामा रोगनाशक अश्वगन्धा, तिल, ब्राम्ही तेलको सहायताले मालिस गरी शरीलाई पीडाबाटमुक्ति दिलाइ शरीरलाई स्फुर्ति गराइने प्रमुख जोशीले बताए ।
यन्त्रको सहायताले उपचार गराउँदा जोर्नीको समस्यासँगै पक्षघात, दम, खोकी, मुख बाङ्गिने, गर्धन कडा हुने, ढाडको दुखाइ, शारीरिक तथा मानसिक थकान कम गर्न सहायक हुने बताइएको छ ।
बिरामीलाई प्राकृतिक रुपमा उपचार गर्ने सेवा औषधालयले सञ्चालन गरे पनि भौतिक पूर्वाधारको अभाव रहेको छ । कोठा अभावमा एउटै कोठामा पञ्चकर्म र औषधि वितरण गर्ने कक्ष राख्नुपरेको छ । उक्त केन्द्रको आफ्नै भवन नहुँदा विरामीको उपचार गर्न समस्या भएको बताए ।
औषधालयले बाथ, अनिन्द्रा, ग्याष्ट्रिक, दम खोकी, लिकोरिया, जोर्नी दुख्ने, कमलपित्त र छालाको समस्या लिएर आउने बिरामीको रोग यकिन गरी निःशुल्क उपचार गर्दै आएको छ ।