विद्यार्थीले पाठ्यपुस्तक नपाएको भन्दै अनेरास्व युनियन द्धारा ध्यानाकर्षण

फिल्को मिसन

आसार २,२०७९
हुम्ला । नेकपा एमाले निकट अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थीले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पाठ्यपुस्तक समयमै नपाएको भन्दै ध्यानाकर्षण गराएको छ । विहीबार अनेरास्व युनियनका जिल्ला उपाध्यक्ष छक्क लामा सहितको टोलीले प्रमुख जिल्ला अधिकारी सीता परियार लाई भेटेर समयमै विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन समन्धित निकायाका लागि अनुरोध गरेका हुन् ।
शैक्षिकसत्र सुरु भएको महिनौ दिन बित्दा पनि विद्यार्थीको हातमा पुस्तक नपुग्ने लज्जाको विषय भएको भन्दै तत्काल पुस्तक उपलब्ध गराउन अखिल क्रान्तिकार अनेरास्व युनियनले आग्रह गरेको छ । विद्यार्थीको पढाई प्रभावित हुनेगरी जनक शिक्षा सामाग्री केन्द्र र पुस्तक ढुवानी गर्नेको बहानाबाजी गरेर पुस्तक पठाउन ढिला गर्न नपाउने विज्ञप्तिमा उल्लेख छ
शैक्षिक सत्र सुरू भएको एक महिना विति सक्दा पनि हुम्लाका विद्यार्थीहरूले पाठेपुस्तक पाएका छैनन् । विद्यार्थीले पाठ्य पुस्तक पाउन नसकेपछि विद्यार्थीको पठनपाठनमा प्रभावित भएको छ । पाठ्यपुस्तक नपाएपछि अनेरास्व युनियनले हुम्लाले विहिबार सरोकारवाला निकाय र स्थानीय तहको ध्यानार्कष गरिएको छ ।
सिमकोट र नाम्खा गाउँपालिकाका विद्यालयमा समयमै पाठ्यपुस्तक नपुगेपछि अनेरास्ववियु जिल्ला कमिटि हुम्लाले सिमकोट र नाम्खा गाउँपालिका, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रशासन कार्यालयको ध्यानार्कषण गराएको हो । सिमकोट गाउँपालिकामा कक्षा ४ देखि १० सम्मका बाँकी रहेका पाठ्य पुस्तक खच्चडबाट ढुवानी हुँदै आएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए ।
दक्षिण भेगका सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा भने पाठ्यपुस्तक पुगेर वितरण भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस