बजेट बनाउँदा कुनै पनि राष्ट्रघात भएको छैनस् अर्थमन्त्री शर्मा

फिल्को मिसन

असार २, २०७९
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले २०७९(८० को नयाँ बजेट बनाउँने क्रममा कुनै पनि राष्ट्रघात नभएको दाबी गरेका छन् । अर्थमन्त्री शर्माले प्रतिनिधि सभाको बिहिवारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै, सो कुरा बताएका हुन् ।

उनले राजश्व र भन्सार दर कायम प्रक्रिया अनुसार नै गरिएको बताउदै सचिवहरू र विभागीय प्रमुखहरुको समितिले नै करको दर तय गरेको बताए ।

साथै उहाँले हेरफेर दरलाई लिएर राजनीतिक विषय बनाइयो भन्ने कुरा जिकिर गर्दै, अर्थमन्त्री सबै आँफैले हेर्ने विषय पनि त होईन भन्ने जान्कारी गराए ।

‘बजेटले गरिबी निवारण गर्ने, अध्ययनरत विद्यार्थीलाई आर्थिक रुपले आत्मनिर्भर बनाउने लगायतको व्यवस्था गरेको र निजि क्षेत्रलाई सबलीकरण गर्ने काम भएको छ, ‘ उनले थपे ।

यसैगरी, उनले कतिपय औद्योगिक कच्चा पदार्थको विषयमा समेत छलफल अघि बढिरहेको सदनलाई अवगत गराए ।

 

प्रतिक्रिया दिनुहोस