समन्वय समिति हुम्लाको निर्वाचनको निर्णय गर्दै सता गठबन्धन दल

अर्जुन बोहरा

असार ३,२०७९
सिमकोट । जिल्ला समन्वय समिति हुम्लाको नेतृत्व चयन गर्न जिल्लाका राजनीतिक दलले आन्तरिक रुपमा तयारी थालेका छन्। समन्वय समितिका लागि सत्ता गठबन्धनबाट उम्मेदवार चयन गर्नका लागि आन्तरिक रुपमा निर्णय गरिसकेको छ।
माओवादी केन्द्र हुम्लाका जिल्ला संयोजक दीपेन्द्र रोकायाले अनुसार सत्ता गठबन्ध अनुसार तिन दलको प्रदेश स्तरका पार्टीका जिम्मेवारी बसेर निणर्य गरेको बताए । उहाँले भन्नु भयो नेकपा एकीकृत सामाजवादी पार्टी तर्फबाट समन्वयु प्रमुख,माओवादी केन्द्रबाट उपप्रमुख सहित खुला एक,दलित १, र महिला १गरि ४ सदस्यी जिम्मा पाएको छ । त्यसै गरि काँग्रेस बाट खुला २ र महिला २ जान गरि ४ सदस्य जिम्मा दिएको बताए ।
जिल्ला लाई पार्र्टी लाई लत्याउदैं कर्णाली प्रदेस पार्टी बाट नेपाली काँग्रेस प्रदेश सभापति ललितजंग शाही,माओवदाी केन्द्रका अध्यक्ष विमाला केशी,अमर बहादुर शाही नेकपा (एकिकृत समाजवादी) बाट ,नेपाली काँग्रेस बाट महाममन्त्री कृष्ण बहादुर रोकाया,माओवादी केन्द्र हुम्लाका संयोजक दीपेन्द्र रोकाया द्धारा हुम्ला जिल्ला समन्वय समितिको उम्मेवादर दिने भागवण्डा गरेका छन । त्यसै गरि मुख्यमन्त्री जीवन बहादुर शाही र प्रर्यत मन्त्री छिरङदम्दुल लामा (कार्चेन)को पनि सहभागित रहको छ ।
२०७४ मा तत्कालिन नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समितिको प्रमुख र नेकपा एमालेले उपप्रमुख जितेको थियो। जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुखसहित प्रत्येक निर्वाचन क्षेत्रबाट ३÷३ जनाका दरले सदस्यहरु निर्वाचित गर्ने प्रावधान रहेको छ।
स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु मध्येबाट समन्वय समितिको उम्मेदवार बनाउनुपर्ने कानुनी ब्यवस्था रहको छ। तर, प्रायः निर्वाचित वडा सदस्य मध्येबाट समन्वय समितिको उम्मेदवार बनाउने गरिन्छ। ती उम्मेदवारलाई गाउँपालिका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउँछन्।
कुल ७ वटा स्थानीय तह रहेको हुम्लामा समन्वय समितिको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १४ जना मतदाता रहेका छ्। यसपटक समन्वय समिति निर्वाचनमा कांग्रेसका ६ जना,माओवादी केन्द्रका ६,एस र स्तन्त्रत बाट १ जनाले मतदान गर्दैछन्।
कांग्रेसले यसपटक खार्पुनथा,सर्केगाढ र अदचुली अध्यक्षामा र नाम्खा,सिमकोट,ताँजकोट गरि उपध्यक्ष पद जितेको छ। । त्यसै गरि माओवादी केन्द्रले अध्यक्ष पदमा नाम्खा,सिमकोट र ताँजकोट गाउँपालिका जित्न सफल भएको छ । त्यसै गरि खार्पुनाथ,सर्केगाड र अदचुली गाउँपालिकामा उपप्रमुख माओवादी केन्द्रले पाएको छ।
यसैगरी स्तन्त्रत बाट चंखेली गाउँपालिकामा अध्यक्ष पदको लागि जित्न सफल भएको छ । तेसैगरि नेकपा (एकीकृत सामाजवादी)पार्टीबाट सोहि गाउँपालिकामा उपध्यक्ष पद जितेको छ। यसपटक हुम्लामा स्थानीय तहको अध्यक्ष पदका लागि एमाले शून्य छ।
सातै वटा गाउँ कार्यपालिका सदस्यको निर्वाचनपछि दलहरुको ध्यान जिल्ला समन्वय समितिको निर्वाचनतर्फ केन्द्रित भएका छन ।
समन्वय समितिको नेतृत्व गर्न कर्णाली प्रदेशका पाटीका दलहरुबीच आन्तरिक तयारी भएको छ । मतदाता संख्याको आधारमा यसपटक समन्वय समितिमा कांग्रेस, माओवादी र नेकपा एस बाट बहुमत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस