जिसस प्रमुखमा पदमा एसपार्टीका शर्माको उम्मेदवारी घोषणा

अर्जुन बोहरा

असार ४,२०७९
सिमकोट । हुम्ला जिल्ला समन्वय समिति प्रमुख पदको लागि नेकपा (एकीकृत समाजवादी)पार्टीका शिवराज शर्मा लाईउम्मेदवारी घोषणा गरेका छन्।
जिसस निर्वाचनमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच तालमेल गरेको थियो । गठबन्धन दलको बैठक बसि लिखित निर्णय भएको छ ।
माओवादी केन्द्र हुम्लाका जिल्ला संयोजक दीपेन्द्र रोकायाले अनुसार सत्ता गठबन्ध अनुसार तिन दलको प्रदेश स्तरका पार्टीका जिम्मेवारी बसेर निणर्य गरेको बताए । उहाँले भन्नु भयो नेकपा एकीकृत सामाजवादी पार्टी तर्फबाट समन्वयु प्रमुख,माओवादी केन्द्रबाट उपप्रमुख सहित खुला एक,दलित १, र महिला १गरि ४ सदस्यी जिम्मा पाएको छ । त्यसै गरि काँग्रेस बाट खुला २ र महिला २ जान गरि ४ सदस्य जिम्मा दिएको बताए ।
एकीकृत समाजवादी केन्द्रीय सदस्य र हुम्ला जिल्लाका अध्यक्षसमेत रहेका शर्माले जिसस प्रमुुख पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
त्यसैगरी, उपप्रमुख पद नेकपा माओवादी केन्द्रलाई परेको छ। उक्त पार्टीले दलुु फडेरालाई उम्मेदवारी दिने निर्णय गरेको छ। उक्त पार्टीलाई अन्य तीन सदस्य परेकोमा महिला सदस्य नाम्खा, दलित महिना ताँजाकोट र खुला सदस्य सर्केगार्ड गाउँपालिकालाई दिने निर्णय गरेको छ।
त्यसैगरी, चार जना सदस्य पाएको कांग्रेसले दुुई जना महिला सदस्य सिमकोट बाट, खुला सदस्यमा खार्पुनाथ र चंखेली गाउँपालिका उम्मेदवारी दिने तयारी गरेको छ। यसका लागि आइतबार अर्थात् असार ५ गते उम्मेदवारी दिने कार्यतालिका छ भने असार ७ गते निर्वाचन हुँदै छ।
समन्वय समितिका लागि जिल्लाका ७ वटा गाउँपालिकाका ७ जना अध्यक्ष र ७ जना उपाध्यक्षले गरि १४ जनाले मतदान गर्नेछन्।
गाउँपालिकाका अध्यक्ष उपाध्यक्षमा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा कांग्रेसका३ जना अध्यक्ष र ३ जना उपाध्यक्षमा निर्वाचित भएका छन् भने अर्को गठबन्धन दल माओवादी केन्द्रबाट पनि ३ जना अध्यक्ष र ३ जना उपाध्यक्ष निर्वाचित भएका छन्।
एक जना अध्यक्ष स्वतन्त्रबाट निर्वाचित भएका थिए भने एक जना उपाध्यक्ष नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका छन्। । यसपटक हुम्लामा स्थानीय तहको अध्यक्ष पदका लागि एमाले शून्य छ।

प्रतिक्रिया दिनुहोस