जिसस हुम्लामा गठबन्धनले दियो उम्मेदवारी

अर्जुन बोहरा

असार ५,२०७९
सिमकोट । जिल्ला समन्वय समिति निर्वाचनका लागि तीन दलीय गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट प्रमुख पदमा नेकपा एकीकृत समाजवादीका शिवराज शर्मा, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलुु फडेरा (सन्जय)ले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी, सदस्यमा कांग्रेसबाट सरिता रावत, दीप भण्डारी, कर्णबहादुुर शाही र धीरबहादुुर सिंहको उम्मेदवारी परेको छ भने नेकपा माओवादी केन्द्रका तर्फबाट चुदीजाङ्मुु तामाङ, सिंह सिंह र कर्ण दमाईंले उम्मेदवारी दिएका छन्।
हुम्लामा उम्मेदवारी एकल परे पछि प्रक्रियाअनुुसार औपचारिक घोषणा भने सोमाबार ६ गते हुने मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले बताए ।
निर्वाचनका लागि एमाले लगायत दलहरुका तर्फबाट उम्मेदवारी नपरेपछि गठबन्धनको एकल उम्मेदवारी दर्ता गरेका हुन । मुुख्य निर्वाचन अधिकृत पौडेलले जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख लगायत सदस्य पदका लागि एकल उम्मेदवारी परेको बताए।
उनले अन्य कुनै पनि दलबाट उम्मेदवारी नपरेको भन्दै मनोनयन दर्ताको समय दिउँसो १ बजेसम्म रहेको र सो अवधिमा एकल बाहेक अन्य कुनै पनि उम्मेदवारी नपरेको जनाकारी दिनु भयो ।
जिसस सदस्यमा कांग्रेसबाट २ खुला पुरुष सदस्य, २ महिला सदस्यसहित ४सदस्यले उम्मेदवारी दर्ता गराएका छन् ।त्यसै गरि माओवादी केन्द्रले एक खुला पुरुष सदस्य,दलित सदस्य र अल्पसंख्यक जनजाति सदस्यमा उम्मेदवारी दर्ता गराएको छ ।
हुम्लाका ७ स्थानीय तहमध्ये कांग्रेस ३ प्रमुख र तीन उपप्रमुख पदमा विजयी भएको थियो । त्यसै गरि माओवादी केन्द्र ३ अध्यक्ष र तीन उपप्रमुख पदमा बिजय भएका छन। स्वन्त्रत बाट अध्यक्ष एक जना र नेकपा एकिकृत सामजवादी बाट एक जना उपप्रमुख पद जितेका छन ।
जिससमा कांग्रेस माओवादी बराबरी सिट पाएपछि तीनदलीय गठबन्धनलाई कायम राख्नको लागि एकीकृत समाजवादीलाई प्रमुख पद दिएको दिएको कांग्रेस जिल्ला सभापति तथा नवनिर्वाचित गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिहंले बताए ।

 

प्रतिक्रिया दिनुहोस