जिसस हुम्लामा प्रमुखमा शर्मा विजयी

असार ६, २०७९
हुम्ला । जिल्ला समन्वय समिति (जिसस) हुम्लाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्ेदावार शिवराज शर्मा, निर्वाचित हुनुभएको छ । जिसस निर्वाचनमा गठबन्धनका तर्फबाट प्रमुख शाही सहितका निरीबिरोध प्यानल विजयी भएका छन ।
त्यसैगरी, सदस्यमा कांग्रेसबाट सरिता रावत, दीप भण्डारी, कर्णबहादुुर शाही र धीरबहादुुर सिंहको उम्मेदवारी परेको छ भने नेकपा माओवादी केन्द्रका तर्फबाट चुदीजाङ्मुु तामाङ, सिंह सिंह र कर्ण दमाईंले उम्मेदवारी दिएका छन्। उनले उम्मेदवारी एकल परे पनि प्रक्रियाअनुुसार औपचारिक घोषणा गरिएको मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले बताए ।
जिल्लामा गठबन्धनसँग स्पष्ट बहुमत रहेकोमा कांग्रेसको ६ माओवादी केन्द्रको ६ तथा समाजवादी पार्टीको १ र स्वतन्त्रत १ जना गरि जम्मा १४ म संख्या रहेको थियो ।
जिससमा कांग्रेस माओवादी बराबरी सिट पाएपछि तीनदलीय गठबन्धनलाई कायम राख्नको लागि एकीकृत समाजवादीलाई प्रमुख पद दिएको दिएको कांग्रेस जिल्ला सभापति तथा नवनिर्वाचित गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिहंले बताए । नेकपा एकीकृत समाजवादीका पार्टीका केन्द्रय सदस्य तथा हुम्ला जिल्ला अध्क्षय समेत रहेका शिवराज शर्मा, निर्वाचित भएका हुन ।
सात वटै गाउँपालिका अध्यक्ष उपाध्यक्ष नजितेको एमालेले समर्थक र प्रस्तावक नपाएपछि उक्त पदका लागि उम्मेदवारी दिएका थिएनन ।