राष्ट्रपति रनिङ शिल्डमा मानसरवर मावि पहिलो

फिल्को मिसन

असार ६,२०७९
हुम्ला । सिमकोट गाउँपालिकामा विद्यालय स्तरका सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मानसवर माध्यमिक विद्यालय पहिलो भएको छ । सिमकोट गाउँपालिकाका ७ वटा विद्यालयलाई उछिन्दै सो विद्यालय पहिलो भएको हो ।

उक्त विद्यालयले राष्ट्रपति रनिङ शिल्ड र भलिवल गरि दुुवै शिल्डमा विजेता भएको आयोजक समेत रहेको मानसरोवर माविले प्रअ अमहर बादुर शाहीले बताए ।

पहिलो हुने मानसरोवरले छात्र तथा छात्रातर्फ गरि ८६ अङ्क, दोस्रो बाल मन्दिरले ८१ अङ्क र तेस्रो हुने कैलाश माविले ३५ अङ्क प्राप्त गरेको थियो । पहिलो, दोस्रो तथा तेस्रो हुने विद्यालयलाई नगद पन्ध्र हजार, १२ हजार र ९ हजार नगद प्रदान गरिएको थियो ।

त्यसै गरि खार्पुनाथ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सीता मावि पहिलो भएको छ । पाँच वटा मावि बिच भएको उक्त प्रतियोगितामा सीता मावि पहिलो भएको हो ।
यसवर्ष सहित सीता माविले तीन वर्ष लगातार उक्त प्रतियोगिता जितेर शिल्ड पचाएको विद्यालयका प्रधानाध्यापक जुनराज हमालले बताए।

उक्त विद्यालयले कुल ५६ अंक ल्याएर पहिलो भएको हो भने ३१ अंक सहित हुुम्ला मावि द्धितीया र २९ अंक सहित मान्धारा मावि तृतीय भएको हो ।
यसअघि हिमज्योती मावि सर्केगार्ड पहिलो भएको थियो । सर्केगार्ड गाउँपालिकाका ५ वटा मावि र निमावी विद्यालय स्तरीय उक्त प्रतियोगिता भएको थियो ।

गाउँपालिका स्तरमा सञ्चालन भएको उक्त प्रतियोगितामा छनौट भएका खेलाडीहरुले असार ९ देखि ११ गतेसम्म सञ्चालन हुने जिल्ला स्तरको प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतिक्रिया दिनुहोस