स्वास्थ्य कार्यालय नजिकै भेटिएको पाइप बम सेनाद्वारा डिस्पोज

फिल्को मिसन

असार ८,२०७९
सिमकोट । जिल्ला अस्पताल नजिकै भेटिएको भेटिएको पाइप बम नेपाली सेनाद्धारा डिस्पोज गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नजिकै रहेका सोनाम लामाको खेतबारीमा जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएको हो । सिमकोट बजार बासी लामाले खेत जोत्ने क्रममा उक्त वस्तु भेटेपछि जिल्ला प्रहरीलाई खबर गरेका थिए।
उक्त शंकास्पद वस्तु लाई प्रहरीले नियन्त्रणमा लिएका थिए । घेरहेको जनाएको छ ।
बराहदल गुल्म रानीबन बाट खटएको नेपाली सेनाको डिस्पोजल टोली सेना निष्क्रिय पारेको जनाएको छ।
सशस्त्र माओवादी जनयुद्धको समयमा सुरक्षाकर्मीले राखेको हुन सक्ने स्थानीयले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस