लागुऔषधविरुद्ध जनचेतना फैलाउन सिडिओ विद्यालयमा

अर्जुन बोहरा

असार ८,२०७९
हुमला । प्रमुख जिल्ला अधिकारी सीता परियारले लागुऔषधविरुद्धको अभियान लिएर सिमकोटमा रहेका विद्यालयमा जनचेतना कार्यक्रम सञ्चालन गर्नुभयो ।
लागुऔषधविरुद्धको अभियानका बारेमा विद्यार्थीको धारणा बुझ्ने र लागुऔषधका क्रियाकलाप संलग्न नहुन सचेत गराउनका लागि पनि आफुेले माध्यमिक विद्यालयमा अभियान चलाएको प्रमुख जिल्ला अधिकारी परियाले बताइन् । पजिअ नै विद्यालयमा गएर सचेतना फैलाउन थालेपछि लागुऔषध दुर्व्यसनीविरुद्धको अभियानमा विद्यार्थी जागेका छन्।जिल्ला प्रशासन कार्यालय हुम्लाले माध्यमिक विद्यालयस्तरमा लागुऔषधविरुद्धको सचेतना अभियान गरेपछि विद्यार्थी निकै सक्रिय भएका प्रअ अमरबहादु शाहीले बताए ।
त्यसक्रममा सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक गेहेन्द्र भण्डारीले लागुऔषधको कारण असर परेका विभिन्न फोटोहरु प्रस्तुत गरेका थिए । एक सफल नागरिक असल, बफादार, अनुशासित, मर्यादित र स्वस्थकर हुन भन्ने चाहन राख्नुनै भण्डारीले बताए । सिमकोट गाउँपालिकाको मानसरोवर माविका विद्यार्थीलाई जिल्ला प्रशासन कार्यालयको आयोजनामा सो कार्यक्रम सञ्चालन गरिएको थियोे ।
कार्यक्रममा मानसरवर माध्यमिक विद्यालयका शिक्षक लगायत ६४ जना विद्यार्थी सहभागी थिए।

प्रतिक्रिया दिनुहोस