खार्पुनाथ गाउँपालिकाद्वारा ३६ करोड बजेट विनियोजन(पूर्णपाठसहित)

अर्जुन बोहरा

असार १०,२०७९
हुम्ला। खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिकीकरण गरेको छ । गाउँसभा मार्फत उपाध्यक्ष ज्ञानबहादुुर सिंह (भरत)ले ३६ करोड ८८ लाख ६४ हजार रुपैयाँको बजेट विनियोजन गरेका छन् ।
यसमा कुुल सभाद्वरा पारिद बजेटमा पुुँजीगततर्फ १९ करोड तीन लाख ५० हजार बजेट बिनियोजित भएको छ भने १७ करोड ८५ लाख १४ हजार ४५० चालुु शीर्षकमा बजेट बिनियोजित गरिएको छ।
शिक्षा, स्वास्थ्य, आयआर्जन र पुुर्बाधार बिकासलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ।

गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत विष्णुुबहादुुर शाहीले गाउँसभाद्वारा पारित भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार बिकासलाई प्राथमिकतामा राखेको बताए।
बजेट तथा कार्यक्रमले आगामी तीन वर्षसम्म पाँच वटै वडाका केन्द्रमा सडक सञ्जाल जोड्ने, एक वर्षका सबै वडाका बस्तीमा विद्युुत् विस्तार गर्ने कुुरालाई समेटिएको छ।
त्यसैगरी, बजेट तथा कार्यक्रमले एक घर एक रोजगार कार्यक्रम सञ्चालन गर्नका लागि बजेटको व्यवस्था गरिएको छ।
सभाको अध्यक्षता गाउँपालिका अध्यक्ष कर्णबहादुुर रावलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस