नाम्खा गाउँपालिकामा ३० करोड बजेट विनियोजन
असार २०७९
सिमकोट । नाम्खा गाउँपालिकामाले आगामी आर्थिक वर्षका लागि ३० करोड २८ लाखभन्दा बढीको बजेट विनियोजन गरेको छ ।
गाउँपालिकको ११ र्आैं गाउँसभामा आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि गाउँपालिका उपप्रमुख रतक्दीधीर लाामाले ३० करोड २८ लाख ६९ हजार रुपियाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
गाउँपालिका उपाध्यक्ष लामाद्वारा प्रस्तुुत भएर्को ०७९÷८० कुुल बजेटमा १३ करोड ५ लाख ६ हजार पुँजीगत रहेको छ त्यसमा ११ करोड २७ लाख संघीय सरकारबाट प्राप्त भएको छ भने एक करोड ७८ लाख छ हजार बजेट प्रदेश सरकारबाट प्राप्त भएको हो।
त्यसैगरी, १७ करोड ७३ लाख ६३ हजार चालुु छ। जसमा १५ करोड ४५ लाख २३ हजार संघीय सरकारबाट अनुुदान प्राप्त भएको छ भने प्रदेश सरकारबाट दुुई करोड २८ लाख ४० हजार प्राप्त भएको बजेट भाषणमा उल्लेख छ।
गाउँपालिकाद्वारा प्रस्तुुत भएको बजेटको स्रोतमा संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुुदान सहयोग छ। संघ र प्रदेशबाट गाउँपालिकालाई ससर्त र सम्मानीकरण बजेट शीर्षकमा रकम प्राप्त भएको हो। बजेट तथा कार्यक्रमले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ।
सभा गाउँपालिकाका अध्यक्ष प्रेम लामाको अध्यक्षतामा सम्पन्न भएको थियो। सभामा गाउँसभाका सदस्य, कार्यपालिकाका सदस्य, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेको सहभागिता थियो।