अध्यक्षकी आमाको मृत्यु भएपछि गाउँसभा स्थगित

फिल्को मिसन

असार ११,२०७९
सिमकोट । हुम्लाको सर्केगार्ड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाकी आमाका मत्यु भएपछि गाउँसभा स्थगित गरेको छ ।
शुक्रबार चार बजे सभामा बजेट प्रस्तुत भइरहेको बेला अध्यक्षकी आमाको एकासी मृत्युको खबर आएपछि सभा स्थगित गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर रावतका अनुसार सभा चलीरहेको बेला अध्यक्षकी आमाको मृत्युको खबरले सभा स्थगित भएको हो।
सभामा उपाध्यक्ष चन्द्रसिंह कार्कीले बजेट प्रस्तुुत गरिसकेपछि त्यसमाथि छलफल गर्ने तयारी भइरहेको बेला अकस्मात अध्यक्षकी आमाको मृत्युुको आउँदा सभा स्थगित गरेर गर्नु परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर रावतले बताए । उनले गाउँ सभामा ४३ करोडको बजेट प्रस्तुुत भएको बताउनुुभयो । कार्यपालिका बैठकले निर्णय गरेर पुनः सभा कहिले सञ्चालन गर्ने भन्ने कुरा निर्णय आउने बताए ।

प्रतिक्रिया दिनुहोस