ग्रामिण क्षेत्रमा बालबालिकाहरुको पोषण अबस्था र ब्यवस्थापन

फिल्को मिसन

बलिराज शाही
स्वास्थ्य शाखा प्रमुख खार्पूनाथ गा.पा हूम्ला
२०७९ साल असार २८ गते
                                                                                         पोषण
साधारण भासामा पोषण भन्नाले खाना हो । हामी लाई चाहिने शारीरिक तथा मानसिक बृद्घि र स्वस्थ जीवनको लागि उपयुक्त मात्रामा पोषणको आवश्यकता पर्दछ जुन हामी प्रत्येक दिन खाने खाना बाट प्राप्त गर्छौ । त्यहि खाना जुन सन्तुलित हुदैन, स्वस्थ हुदैन, पोषण यूक्त हुदैन र खाने खुवाने तरिका बारे हामी अल्प ज्ञानी बन्छौ त्यसको परिणाम कुपोषण को सिकार बन्छौ ।
                                                                                                      ग्रामिण क्षेत्रमा कुपोषणः
नेपालको संविधानको धारा ३८ र धारा ३९ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावले जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हकको अधिकार भएको उल्लेख गरिए पनि कर्णालीमा दुर्गम गाउँका गरिबीकै कारण ज्यान गएको पाइन्छ । सन् २०३० सम्म कर्णालीमा भोकमरी अन्त्य, पौष्टिक र पर्याप्त खाद्यको पहुँच सुनिश्चित गर्ने प्रदेश सरकारको उद्देश्य रहेको छ ।
सन् २०२५ सम्म कुपोषणको दर शून्यमा झार्ने संघीय सरकारको लक्ष्य भएपनि कर्णालीको पछिल्लो अवस्था हेर्दा सरकारको लक्ष्य पुरा नहुने देखिन्छ ।
हाम्रो जस्तो भौगोलिक बिकटा र दुर्गम क्षेत्रमा कुपोषणको अबस्था ब्याप्त छ, बिशेष गरि ५ बर्ष मुनिका बालबालिकाहरु ग्रामिण भेगमा यस बाट ग्रसित छन । राज्य बाट यसको समाधानको लागि जनचेतना मुलक कार्यक्रमका साथै अन्य पोसिलो आहार को ब्यवस्था नभएको भने हैन तर पनि कार्यान्वयन पक्ष फितलो हुँदा आंसिक रुपमा मात्रै प्रगति भएको पाईन्छ ।
राज्यको लगानि अनुसार को प्रतिफल देखिएको छैन । रेकर्ड रिर्पोट मा पोषणका खन्डहरु प्राय भरियको हुदैन, कतै भरिएका भए पनि प्रोटकल अनुसार बालबालिकाहरुको महिना महिना मा तौल तथा उचाइको अनुगमन भएको पाईदैन, समुदायमा कुपोषणका केसहरु ब्याप्त लुकेर बसेका ( पत्ता नलागेका) छन । दक्ष जनशक्ति मार्फत पत्ता लगाउने उपाय अबलम्बन नहुदा मेडिकल जटिलता सहितको कुपोषण अबस्था सृजित छन जसले गर्दा बालबालिकाहरुको बृद्धि बिकास हुन नसकेको यथार्थ हो भने केहि बालबालिकाहरु मृत्युको मुखमा परेका छन ।
यो पनि ग्रामिण भेगमा एकखालको ठुलो स्वास्थ्य समस्या हो । भौगोलिक बिकटता, परिवारमा आर्थिक अभाब का कारण पत्ता लगाइएका मध्यम कुपोषित तथा सिघ्र कुपोषित बालबालिकाहरु को ब्यवस्थापन मा ठुलो समस्या छ । नेपाल को संबिधान २०७२ ले दिएको हक अधिकार र केहि नितिगत प्राबधानहरु सुन्न र पढ्नमा जति वाहा वाह लाग्छ तेति आफ्नै अघि कुपोषण का समस्याहरु झेलिरहेका बालबालिकाहरु को ब्यवस्थापन गर्न नसक्दा छटपटि भने लागेकै हुन्छ ।
                                                                                                    ग्रामिण क्षेत्रमानै ब्यवस्थापन
खार्पुनाथा गाउँपालिकामात्रै ८८ जना बालबालिकामा कुपोषण देखिएको छ । महिला.स्वा.से लेबल बाट यो सम्भब नहुदा स्वास्थ्यकर्मिहरुको लागि ७ दिने पोषण सम्बन्धि तालिम संचालन गरि २ समुह मार्फत कअचभभलष्लन को लागि समुदायमा परिचालित गर्दा १देखि ५वडामा जम्मा ८०७ जनामा परिक्षण गर्दा ८८ जना कुपोषित बालबालकिा पत्ता भेटियोको छ । तत्कालको ब्यवस्थापनको लागि च्ग्त्ँ आपुर्ति गर्न समन्वय गरिरहेका छौ। जिल्लामा सुन्य मौज्दात भएका कारण आपुर्ति हुन सकेन ।
दुर्गम भेगमा पर्ने खार्पुनाथ गाउँपालिका अन्तर्गत राया,थालि,लाली प्युसा,नल्ल र खार्पुनाथ स्वास्थ्य चौकी अन्तरगत धेरै संख्यामा कुपोषण संख्या भेटिएका छन् । यसमध्ये २० जना अतिजोखिम र ६८ जना जोखिम कुपोषण बालकालिकाको उपचार लागि गाउँपालिका तयारी गरीएको छ ।
‘कम उमेर समूहका आमाले जन्माएका बच्चामा कडा खालको कुपोषण देखिएको छ ।’ गर्भावस्थामा खानपानमा ध्यान नदिँदा अधिकांश शिशुमा कडा खालको कुपोषण देखिने गरेको छ । खार्पुनाथ गाउँपालिाका लगायतका गाउँमा बालबालिकमा कुपोषणबाहेक रक्तअल्पता, ख्याउटेपन र कम तौल पनि उत्तिकै बढेको छ । ‘आमा बलियो र स्वस्थ भए बच्चा पनि स्वस्थ र बलियो जन्मन्छ । त्यसैले गर्भावस्थादेखि नै आमालाई पौष्टिक आहार सेवन गराउनुपर्छ ।’
तमाम समस्यालाई आत्तमा साथ गर्दै कुपोषण समस्यालाई सधै समस्यामा राख्नु भन्दा केहि प्रयासहरु जारी राखे पक्कै पनि बालबालिकाहरुको पोषण अबस्था मा सुधार ल्याउन सकिन्छ भन्ने मेरो बुझाई हो । परिस्थीतिलाई मध्यनजर गर्दै समुदाय स्तरमा म.स्वा.से लाई आबश्यकता अनुसार परिचालन तथा तालिम को ब्यवस्था गर्ने र आमासमुहमा आमाहरुलाई पोषण शिक्षा प्रदान गर्न पोत्साहित गर्ने, पहिलो प्राथमिकता मा म.स्वा.से परिचालन गर्दा आमाको दुधका साथै खानपान को ब्यवहार परिबर्तन सम्बन्धि ज्ञान दिनाले कुपोषण अबस्था न्युन देखिने हुन्छ ।
अर्को भनेको दक्ष स्वास्थ्यकर्मि जसले पोषण सम्बन्धि ज्ञान हासिल गरेको हुन्छन उनिहरु मार्फत बर्ष को २ पटक अनिबार्य (कअचभभलष्लन) सर्बेक्षण गरि कुपोषणको अबस्था पत्ता लगाएर र जटिलता बाट बचाउन सकिन्छ । पत्ता लगाएर मात्रले पनि नपुग्ने भएको हुनाले अब स्थानिय तहमा नै ब्यवस्थापन (उपचार) को लागि पोषण पुनस्थापना गृह संचालनमा ल्याउन पहल गर्ने र जनप्रतिनिधि तथा सरोकारवालासंग यस बिषयमा बहस पैरबि गर्ने खालका कार्यक्रमलाई अघि सार्दा निश्चय पनि कुपोषण लाई जित्न सक्छौ र स्वस्थ भबिश्यका कर्णधार निमार्णमा सहयोग पुराउन सक्छौं ।
ग्रामिण क्षेत्रमा नै ब्यवस्थापनको लागि ठुलो चुनौति छ । पोषण पुनस्र्थापना गृह स्थापना गर्न राज्यले बनाएको निति संग तालमेल मिल्नुपर्ने हुन्छ । पुनस्र्थापना गृह स्थापना गर्न पेडियाट्रिसियन बच्चा को बिशेसज्ञ को आबश्यकता पर्ने रहेछ हाल सामान्य स्वास्थ्य सेवा प्रदान गर्न मुस्किलले ःद्यद्यक् डाक्टर दुर्गममा बस्ने गर्छन । बिशेसज्ञ सहितको पोषण पुनस्र्थापना गृह दुर्गम क्षेत्रमा सम्भव नभए पनि परिस्थीति लाई मध्यनज प्रयासरत र गरि दुर्गम क्षेत्रमा नै ब्यवस्थापनको लागि राज्यले बिकल्प खोज्नै पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस