हुम्लाको पहिलो साक्षर गाउँपालिका घोषणा हुँदै
असार ३१,२०७९ शुक्रबार
सिमकोट । जिल्लाको खार्पुनाथ गाउँपालिकालाई साक्षर गाउँपालिका घोषण गरिने भएको छ । पाँच वटा वडा रहेको गाउँपालिकामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९५.०५प्रतिशतभन्दा बढी नागरिकले अंक अक्षर लेखपढ गर्नसक्ने भएपछि साक्षर घोषणा गर्न लागेको हो ।
खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा पुसमा संकलन गरेको सक्षरता तथ्यांक अनुसार कूल जनसंख्या ७हजार १सय २ जना मध्ये ९५.०५ प्रतिशत साक्षर रहेको प्रमुख प्रशासकिय अधिकृत विष्णु शाहीले जानकारी दिनु भयो । प्रमुख प्रशासकिय अधिकृत शाहीका अनुसार खार्पुनाथ गाउँपालिकामा १५देखि ६० वर्ष समूहको कूल जनसंख्या ४ हजार १ सय ५६ मध्ये ३ हजार ९ सय ६९ साक्षरता बताए ।
साक्षर गाउँपालिका घोषणा गर्ने हुम्ला जिल्लाकै पहिलो गाउँपालिका बन्न पुगेको छ । गाउँकार्यपालिकाको बैठकले नेपाल सरकारले तोकेको मापदण्ड पूरा भएका कारण गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्ने निर्णय गरेकोले असार ३१ गते शुक्रबारमा एक औपाचारिक कार्यक्रम विचमा सााक्षर गाउँपालिका घोषणा हुने भएको छ ।
र्खापुनाथ गाउँपालिकाको प्रांगणमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा (सन्जय ) प्रमुख जिल्ला अधिकारी सीता परियार, शिक्षा समन्वय इकाइ प्रमुख तिलक भटाराई लगायतका सहभागितामा साक्षरता घोषण हुने भएको छ ।