हुम्लामा खार्पुनाथ पहिलो साक्षर गाउँपालिका घोषण (फोटो फिचर)

अर्जुन बोहरा

असार ३१,२०७९
सिमकोट । हुम्ला जिल्लाकै पहिलो खार्पुनाथ गाउँपालिकालाई साक्षर गाउँपालिका घोषण गरेको छ । पाँच वटा वडा रहेको गाउँपालिकामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९५.०५प्रतिशतभन्दा बढी नागरिकले अंक अक्षर लेखपढ गर्नसक्ने भएपछि साक्षर घोषणा गरेको हो ।
खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा पुसमा संकलन गरेको सक्षरता तथ्यांक अनुसार कूल जनसंख्या ७ हजार १ सय २ जना मध्ये ९५.०५ प्रतिशत साक्षर रहेको प्रमुख प्रशासकिय अधिकृत विष्णु शाहीले जानकारी दिनु भयो । प्रमुख प्रशासकिय अधिकृत शाहीका अनुसार खार्पुनाथ गाउँपालिकामा १५ देखि ६० वर्ष समूहको कूल जनसंख्या४हजार १ सय ५६ मध्ये ३ हजार ९ सय ६९ साक्षरता बताए ।
साक्षर गाउँपालिका घोषणा गर्ने हुम्ला जिल्लाकै पहिलो गाउँपालिका बन्न पुगेको छ । गाउँकार्यपालिकाको बैठकले नेपाल सरकारले तोकेको १२ वटा मापदण्ड पूरा भएका कारण गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्ने निर्णय गरेकोले असार ३१ गते शुक्रबारमा एक औपाचारिक कार्यक्रम विचमा सााक्षर गाउँपालिका घोषणा भएको छ ।
गत पुस महिनाबाट गाउँपालिकालाई साक्षर गर्नका लागि तयारी कक्षाहरु समेत सञ्चालन गरिएका थिए। खार्पुनाथ गाउँपालिका अध्यक्षरा कर्ण बहादुर रावलले साक्षर गाउँपालिका घोषणा गर्ने प्रस्तावमा जिल्ला समन्वय समितिको उपप्रमुख दलु फडेरा (सन्जय)ले गाउँपालिकालाई साक्षर घोषणा गरेका थिए।
कार्यक्रमा बोल्दै प्रमुख अथिति फडेरा(सन्जय)ले जिल्ला लाई साक्षर बनाउने अभियानमा यस खार्पुनाथ गाउँपालिकाले महत्पूर्ण साक्षरता कलास चलाएको पहिलो सारक्षर गाउँपालिका बनेको बताए । १५–६० उमेर समूहका व्यक्तिलाई साक्षर बनाउन स्थानीय तहले निरन्तर प्रयास गरिरहेकोमा प्रमुख फडेराले धन्यवाद दिँदै अन्य गाउँपालिकाले पनि साक्षर घोषणाको लागि तयारीमा लाग्न आग्रह गर्नु भयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण रावल,उपाध्यक्ष ज्ञानेन्द्र सिहं (भरत), प्रमुख जिल्ला अधिकारी सीता परियार, शिक्षा समन्वय इकाइ प्रमुख तिलक भटाराई,नेपाल पत्रकार महासंघ हुम्लो शाखाका अध्यक्ष राजन रावत लगायतले खार्पुनाथ गाउँपालिकाले साक्षर गाउँपालिकाका लागि गरेका प्रयास र यसको निरन्तरताका लागि शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस