हुम्लामा अक्सिजनका सिलिण्डरको बजेट फिर्ता

अर्जुन बोहरा

साउन १,२०७९
हुुम्ला । जिल्ला स्वाथ्य कार्यालय हुम्लामा जडान गरिएको अक्सिजनका सिलिण्डरको लागि आएको ढुवानी रकम फिर्ता भएको छ । अस्पतालमा अक्सिजन सकिएपछि सिलिण्डर खाली भएको बेला उक्त शिर्षकको बजेट भने फिर्ता गएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहले बताए ।
नेपालगन्ज र सुर्खेत बाट सिमकोटमा उडान हुने नीजि एयरलाईन्सहरुसंग ढुवानी दर नमिल्दा बिनीयोजित भएको १० लाख बजेट फिर्ता भएको जानकारी दिनु भयो । अस्पतालसंग भएका ५४ केजी तौलका ४५ वटा सिलिण्डर मध्य ४३ वटा हाल खाली रहेकोले त्यसलाई नेपालगंज लगेर भर्न नसकिएको बताउनुुभयो । अहिले अस्पतालमा दुुई वटा मात्र अक्सिजन सहितका सिलिण्डर रहेको छ ।
अक्सिजनका सिलिण्डर असजिलो सामान पर्ने भएको कारणले आर्थिक वर्ष ०७८।०७९ को बार्षिक कार्यक्रममा अक्सिजन भर्ने र ढुवानीका लागि विनीयोजित बजेट फिर्ता भएको हो ।
नीजि एयरलाईन्सहरुका जहाजहरुले प्रतिकेजी ५ सय रुपियाँ नपापछि ढुवानी गर्न नसकिने जनाएको कारण हाल अस्पतालमा सिलिण्डर खाली रहेको अस्पताल डा कैलाश लामाले बताउनु भयो ।
सिमकोट देखि नेपालगंज सम्मको भाडा दर प्रतिकेजी ८० रुपियाँ र नेपालगंजबाट सिमकोट सम्म प्रतिकेजी ११० रुपियाँ रहेको छ । एउटै सिलीण्डर ४५ केजी भन्दा बढिको र आकार पनि लामो भएको कारण असजिलो सामान पर्ने भएकोले ढुवानी नगरेको खुलासा गरेको छ ।
अहिले अस्पतालसंग भएका सिलिण्डर खाली भएपछि अक्सिजनको अभाव भएको छ।
दैनिक दिन अस्पातलमा १ देखि ५ जना बिरामी लाइ अक्सिजन दिन सकिन्थ्यो तर हाल अस्पतालले थोरै क्षेमता भएको अक्सिजन प्लाण्टबाट पाँच वटा बेडमा जडान गरिएका सिलिण्डरबाट बिरामीलाई अक्सिजन दिने गरिएको डा लामाले बताए ।
अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बिरामी धेरै आए समस्या हुने र बिरामीको अबस्था देखि अक्सिजन जडान गरिएको बेडमा राख्ने गरिएको बताउनुुभयो ।

प्रतिक्रिया दिनुहोस