बालबालिकालाई दिइने कोरोनाविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप

अर्जुन बोहरा

साउन १,२०७९ आइतबार
हुम्ला । जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले पत्रकार सम्मेलन गरी पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर बायोएनटेक’ खोप लगाउने तयारी पूरा भएको बताएको छ ।
कोरोना भाइरसविरुद्धको खोप १२ वर्षमाथिका नागरिक सबैलाई लगाउने व्यवस्था गरिएपछि पछिल्लो समय नेपाल सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोराना विरुद्ध खोप लगाउने तयारी गरेको कार्यालयका प्रमुख प्रेम सिहंले बताए ।
उनका अनुसार जिल्ला भरि बालबालिकालाई खोप लगाउनका लागि खोप केन्द्र तोकिएका छन् भने केन्द्रको निर्देंशन अनुसार खोप लगाउेन तयारी गरेको बताउनु भयो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका डा कैलाश लामाले खोपको प्रभावकारिता भएकोले नेपालमा ९१ प्रतिशत रहेकाले सबैले खोप लगाउन तयारी अबस्थामा बस्न आग्रह गर्नु भयो । खोप लगाउनका लागि खोप केन्द्रमा एक जना तालिम प्राप्त डाँक्टरको व्यस्थ्या तयारी रहेको बताए ।
‘फाइजर बायोएनटेक’ खोप खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिने जानकारी दिए। उनका अनुसार बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सनसमेत खोप केन्द्रमा राखिने बताएका छन ।
दुई चरणमा गरेर उक्त उमेर समुहका वालवालिकाहरुलाई लगाउन लागेको खोप फाइजर–वायोएनटेक खोप लागाउन अहिले देशैभरका जिल्लाहरुका स्वास्थ्य सेवा कार्यालयहरुलाई अन्तिम तयारीमा रहन निर्देशनसमेत गरेको छ ।
बालबालिकालाई लगाइने कोभिड १९ विरुद्धको खोप विश्व संगठनको मान्यताप्राप्त भएकाले नेपालको औषधि व्यवस्था विभागले समेत अनुमति दिएको थियो। यो खोप जर्मन बायोटेक्नोलोजी अमेरिकन कम्पनीको सहकार्यमा विकास गरिएको हो।
कोभिड १९ रोग विरुद्धमा यो खोप झोलको रुपमा उपलब्ध भए पनि यो खोप लगाउनुभन्दा पहिला घोल्नुपर्छ ।यो खोपको प्रभावकारिता ९१% सम्म रहेको अध्ययनले देखाएको छ ।
हुुम्लामा ५ हजार २ जना यो उमेर समूहका बालबालिका छन्। कार्यक्रमको आयोजना स्वास्थ्यका लागि सक्षम प्रणालीले गरेको थियो। यस्तै, विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस