अज्ञात रोगले हुम्लामा पशु चौपायाहरु मरेपछि किसान चिन्तित
भदौ १५, २०७८
सिमकोट । हुम्लामा अज्ञात रोगका कारणले पशु चौपाय मर्न सुरु गरेपछि किसान चिन्तित बनेका छन्। हुम्लाको ताँजाकोट गाउँपालिकामा ६० वटा र सिमकोट गाउँपालिकामा ६ वटा अज्ञात रोगका कारणले मरेको स्थानीयवासीले बताएका छन ।
ताँजकोट गाउँपालिका वडा नम्बर २को र्खकमा फैलिएको अज्ञात रोगल अहिले सम्म दर्जन ५ दर्जन बढी पशु चौपाय मरिसकेका छन् भने धेरै पशु चौपाय बिमारी परेको स्थानीय धनबहादुर रोकायाले बताए । त्यसै गरि सिमकोट गाउँपालिका वडानं. ८को स्याँडा गाउँमा रहेको खर्कमा पनि एकैदिन ६ वटा पशुहरु मरेको खोल्सीबाट वडाअध्यक्ष कमल बहादुर बुढाले जानकारी दिनु भयो ।
उनका अनुसार चौपायाको मुखबाट ¥याल आउने, काप्ने, छटपटाउने, घाँस र पानी नखाने, गोडा सुनिने, मुखमा घाउ हुने, र झोक्रिएर बस्ने जस्ता लक्षण देखिने गरेको र पछि चौपाया मर्ने गरेका छन् ।
स्याँडा वनको खर्कमा पशु पालक खोल्सीका चौक्या शाही, जस बहादुर शाही, धनमान शाही, कालि बहादुर शाही, चाउर्या शाही र लोक विर सिंहका एक– एक वटा गाई मरेका छन् ।
पशुबस्तुमा देखिएको रोग पत्ता लगाएर उपचारतर्फ गम्भीरता देखाउन स्थानीय सकार लाई पशुपालकले आग्रहसमेत गरेका थिए ।
मरेका पशु चौपाया यही रोगका कारण मरेका हुन् या अन्य कारणले भन्नेबारे अहिले पत्ता लगेको र्छैन । पशु चौपाया मर्ने र बिरामी भएको भन्ने खबर आएलगत्तै सो रोग नियन्त्रणका लागि स्वास्थ्य टोली पठाउने तयारी गरेको गाउँपलिका श्रोतले बताएको छ।