चीनमा मानवअधिकार उल्लङ्घन भएको राष्ट्रसङ्घको दाबी

फिल्को मिसन

भदौ १६, २०७९
एजेन्सी । चीनको सिनजियाङ प्रान्तमा गम्भीर मानवअधिकार उल्लङ्घन भएको संयुक्त राष्ट्रसङ्घले दाबी गरेको छ । राष्ट्रसङ्घले लामो समयदेखि गरेको अध्ययनले सिनजियाङ प्रान्तमा गम्भीर मानवअधिकार उल्लङ्घन भएको प्रमाण भेटिएको दाबी गरेको छ । बेइजिङले भने प्रतिवेदन सार्वजनिक नगर्न चेतावनी दिँदै यसलाई पश्चिमी शक्तिहरूले व्यवस्थित गरेको प्रहसन भनेको थियो । प्रतिवेदनले उइघुर मुस्लिम र अन्य जातीय अल्पसङ्ख्यकहरू विरुद्ध दुव्र्यवहार भएको दाबी गरेको छ । तर चीनले भने यो दाबी अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस