सिमकोट गाउँपालिकाले दुई वटा विद्यालय लाई समायोजन

फिल्को मिसन

भदौ १६, २०७९
हुम्ला । सिमकोट गाउँपालिका ६ वटा विद्यालयका कक्षा र २ वटा विद्यालय लाई समायोजन गरेको छ। जिल्ला शिक्षा समन्वय एकाइका अनुसार जिल्लाका सात स्थानीय तहले विद्यालय समायोजन गरेका हुन् ।
गाउँपालिकाको शिक्षा शाखाले आफ्नो कार्यक्षेत्रभित्रका ६ वटा विद्यालयका कक्षा र २वटा विद्यालयलाई समायोजन गरेको छ। शिक्षक भए पनि विद्यार्थी संख्या ज्यादै न्यून भएपछि ती विद्यालय र कक्षा समायोजन गरेको गाउँपालिकाको शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले बताए ।
विद्यालयमा ५ जना विद्यार्थी र एउटा कक्षामा २ जना मात्र विद्यार्थी संख्या भएपछि गाउँपालिका त्यस्ता कक्षा र विद्यालयलाई समायोजन गर्न बाध्य भएको बताए ।
गाउँपालिकाले समायोजन गरेका विद्यालयमा वडा नम्बर ३ को कक्षा पाँचसम्म स्वीकृत पाएको हिमगिरि प्राविलाई सोही वडाको रलिङ मावि र वडा नम्बर १ को बैजीवाडा आधारभूत विद्यालयलाई चाङ्ला हिमाल आविमा समायोजन गरिएको छ।
भौतिक संरचना राम्रो भए पनि अब ती विद्यालय बन्द हुनेछन्। हिमगिरिमा पाँच जना विद्यार्थी र बैजीवाडा प्रााविमा चार जना विद्यार्थी थिए। ती दुुवै विद्यालयका शिक्षकलाई पनि समायोजन भएका विद्यालयमा पठाइएको छ।
त्यसैगरी, कक्षा समायोजन गरिएका विद्यालयबाट कक्षा चार, पाँच र ६ कक्षालाई अर्को विद्यालयमा सारिएको छ। यसरी कक्षा समायोजन गरिएका विद्यालयमा महाकाल आवि लाङ्दुुबाट सिद्धार्थ आवि बुुराउसे, सर्किदेउ आविबाट कैलाश मावि, भीमसेन आविबाट ६ कक्षालाई बालमन्दिर मावि, दोभान आविबाट कर्णाली मावि, हिमाली बहिरा तथा बौद्धिक अपांग आवासीय विद्यालयबाट भीमसेन आवि र जनज्योति आविबाट बालमन्दिर मावि छन्। कक्षा समायोजन भएका ती सबै विद्यालयमा अब कक्षा तीनसम्म मात्र अध्ययन हुनेछन्।

प्रतिक्रिया दिनुहोस