पहिलो पटक गाउँपालिकामै लेखा परीक्षण
भदौ १८, २०७८
सिमकोट । महालेखा नियन्त्रकको कार्यालयले डोरमुकाम स्थापना गरेर हुमलको सर्केगाढ गाउँपालिको आर्थिक वर्ष ०७७÷७८ को अन्तिम लेखा परीक्षण सम्पन्न गरेको छ।
यसपटक जिल्लाको सातैवटै गाउँपालिका र प्रदेश तथा संघअन्तर्गत रहेका कार्यालयमै पुगेर लेखा परीक्षण गर्न लागिएको छ। गत वर्ष गाउँपालिकाको स्रेस्ता सदरमुकाम सिमकोटमा नै ल्याएर लेखा परीक्षण गरिएको थियो।
सदरमुकाम सिमकोटमा गर्ने गरिएको भए पनि यस वर्षबाट पहिलो पटक गाउँपालिका केन्द्रमै नै टोली पुगेर मलेप गर्ने गरेको छ ।
गाउँपालिकाबाट स्रेस्ता बोकाएर ल्याउँदा झन्झट भएको र कागजात तथा फिल्ड देखाउन नपाउँदा बेरुजु बढी देखिएको थियो। यसपटक सम्बन्धित गाउँपालिकामै पुगेर लेखा परीक्षण गरेको छ ।
सर्केगार्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर रावतले पहिलो पटक मलेप टोलीलाई गाउँपालिका केन्द्र सर्केगार्डमा बोलाएर अन्तिम लेखा परीक्षण गरिएको बताए।
आर्थिक वर्ष सकिएपछि हरेक वर्ष जिल्लामा आएर लेखा परीक्षण गर्ने गरिएको छ। लेखा परीक्षणका लागि संविधानले पाँचवटा आधार दिएको छ। नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारीता र औचित्यलाई आधार मानेर परीक्षण गरिने छ।
महालेखा नियन्त्रक बाट खटिएका लेखापरिक्षण टोलीले दुुई चार वटा योजनाको स्थलगत अनुुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत रावतले बताए । अधिकृत रावतका अनुसार सम्भव भएसम्म बेरुजुुको भोलुुम घटाउने आफ्नो मुख्य लक्ष्य भएको बताउँदै गत वर्षको भन्दा बढी बेरुजु औँल्याइए आफ्नो पदबाट राजीनामा दिने यसअघि नै घोषणा गरिसकेका छन्।
गत वर्ष उक्त गाउँपालिकाको बेरुजु १२ करोड ९६ लाख रहेको थियो। ६ सदस्यीय मलेपको टोली हेलिकोप्टरमा सर्केगार्ड पुुगेको थियो। टोलीले लेखा परीक्षण गर्ने कार्य सम्पन्न भएको र अब प्रतिवेदन तयारीपछि मात्र बेरुजुको अवस्थाबारे भन्न सकिने जनाएको छ।
टोलीले जिल्लाको सातवटै गाउँपालिका, प्रदेश र संघअन्तर्गतका कार्यालयमा गत आर्थिक वर्षभरी गरेका आर्थिक कारोबारको स्रेस्ताको परीक्षण शुर गरेको छ।