हुम्लामा गौरा (दोबाटुु) पर्व मनाइँदै(फोटो फिचर)

अर्जुन बोहरा

भदौ १९, २०७९
सिमकोट । हुम्लाका अधिकाँस ठकुरीले मौलिकता झल्कने गौरा ( दोबाटु) पर्व मनाएका छन ।
विभिन्न चाडमध्ये विशेष धार्मिक महत्व बोकेको गौरा पर्व कहिले भाद्र शुक्ल पक्षमा पर्छ भने कहिले भाद्र कृष्ण पक्षमा पर्छ। धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा ‘गौरा’ भित्त्राएर आजै आईतबार धुमधामा साथ सम्पन्ने गरेको छन ।
बर्तालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भित्र्याइने चलन रहेको सिमकोट गाउँपालिका– डाँडाफयाँ निवासी मन्दिर सिंहले बताए।
घर आसपासका खेतमा गई सामूहिकरूपमा महिलाले फाग गीत गाउँदै गौरा भगवतीको प्रतिमा तयार पार्नुका साथै बर्तालु महिलाको सहभागितामा गौरा भित्र्याइसकेपछि महिलाले महेश्वर शिव र गौरी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको सिंहले बताए।
लोग्ने मानिसले ढाल तरबार खेल्ने र व्रत बसेकी महिलाले गीत गाउने, नयाँ कपडा र गहनामा सजिएर नाच्ने कार्यमा सहभागी हुने गर्छन्। गौरा पर्वमा विशेषगरी पहिलो दिन गौरा लिन ढाल तरबार नाच्दै पुरुष महिला मिलेर लिन जाने र दोस्रो दिन मन्दिरमा ल्याउने गरिन्छ।
पूजा गर्दा अक्षताका रूपमा ‘बिरुडा’ गहुँ, मास, गहत, गुराँस र कलौ पाँच थरीका गेडागुडीको प्रयोग गरी पूजा गर्ने चलन रहेको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष रुपा शाहीले बताइन्। बिरुडालाई आफन्त, छरछिमेक र इष्टमित्रका घरघरमा बाँडी गौरा र महेश्वरको प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ। यसै अवसरमा महिलाले गौराको पहिलो दिन परम्परागत पहिरहन र गहना लगाए ।
पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिकारूपमा पाउन गरिएको उपबासको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किम्वदन्ती छ।

      गौरा पर्व दोवाटु खेल्दै गर्दाको भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस