इमानदार र निष्पक्ष भएर जनताको सेवामा लाग्न कर्मचारी लाई मन्त्री शाहको आग्रह
भदौ २५, २०७८
हुम्ला । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला समिति हुम्ला र नेपाल राष्ट्रिय कर्मचारी महासंघ जिल्ला समिति हुम्लाको जिल्ला भेलाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
नेपाल राष्ट्रिय कर्मचारी महासघ हुम्लाको शनिबार सिमकोटमा सम्पन्न पाँचौं अधिवेशनबाट भेलाले १२ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । संगठनका अध्यक्ष डबले रावतको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि कर्णाली प्रदेशका सरकारी आन्तरिक मामिला तथा योजना मन्त्री कृष्ण शाह (आचार्य)ले हुम्लामा कार्यरत कर्मचारीहरुले इमान्दारितासँगै सेवाग्राहीलाई सहज पहुँच पुग्ने गरि जनताको सेवामा लाग्नुपर्ने बताए । सरकारको कर्मचारी स्थायी खम्बा भएको कारण इमानदार र निष्पक्ष भएर काम गर्न कर्मचरीलाई मन्त्री शाहले आग्रह गरिन्।
अधिवेशनमा संगठन केन्द्रीय अध्यक्ष हरिबहादुुुर रावले कर्मचारीको अधिकार खोसिने गरी अघिल्लो सरकारले ल्याएको संघीय निजामति ऐन संसोधन गरेर कर्मचारीहरुको माग सम्बोधन गराउन वर्तमान सरकारलाई दबाद दिएरहेको बताए ।
तर नयाँ किसीमबाट सेवाग्रही लाई सेवा दिन सक्यौ भने जनातहरु संच्चा कर्मचारी हुन भनेर भरोसा गर्छ,वा जनताको कर बाट हामी कोहि सिडियो छौं,कोहि डियस्पी छौ,कोहि मन्लायका सचिव छौं कोहि प्रधानमन्त्री छौं जनताको करबाट संचालित र्छौ । दुर्गम ठाँउको भुगोल कठिन छ । किठन ठाउँमा कर्मचारीले इमीरेशन नयाँ आविश्कार गर्ने र आरसिटि माध्यम बाट सुचाना , निवेदन लिनु वातरवण बनाउन पर्ने बताए ।
माओवादी केन्द्र जिल्ला सयोजक डा दीपेन्द्र रोकायाले प्रक्रिया भन्दा पनि परिणाम देखिने नयाँ क्रान्तीकारी काम गर्नुपर्ने र जनतालाई सरल तथा सहज रुपमा सेवा प्रवाह गर्ने वातावरण सहज बनाउन संगठनले भूमिका खेल्नुपर्ने बताए। विगतमा राज महाराजको लागि सेवामा आधारित संगठन थियो । राजाले जे चाहन्थ्यो तेहि हुन्थ्यो । अव परिवर्तन हुनु पर्छ । आस्थाका आधारमा भन्दा पनि नयाँ तरिकाले जानु पर्छ डा रोकायाले कर्मचारी संगठनको भेला लाई आग्रह गरे ।