हुुम्लामा पनि मनाइयो ५८औँ बाल दिवस

भक्त राज ऐडी

२९ भाद्रा २०७९
हुम्ला । विभिन्न कार्यक्रमको आयोजना गरी हुम्लामा पनि सातैवटा गाउँपालिका विद्यालयहरुमा ५८ औ राष्ट्रिय बाल दिवस मनाइएको छ ।
विद्यालयहरुमा अध्ययन गर्ने बाल बालिकाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी हाम्रो आधार शिक्षा र स्वास्थ्यमा आमूल सुधार मूल नाराका साथ राष्ट्रिय बाल दिवस मनाएका छन् ।
सिमकोट गाउँपालिकाको आयोजनामा वाल मन्दिर माविमा आयोजना गरेको माध्यामिक स्तरीय नृत्य र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगिता अन्तर्गत नृत्यमा मानसरोवर मावि पहिलो भएको छ भने बालमन्दिर मावि द्वितीय र कैलाश मावि तृतीय स्थान भएका छन्।
त्यसैगरि वक्तृत्व प्रतियोगितामा रलिङ माविका सैलेन बोहरा पहिलो भएको थियो भने बालमन्दिर माविका हर्क सार्की द्वितीय र मानसरोवर माविकी निमा छोइजुम लामा तृृतीय भएका थिए।
त्यसैगरी, छात्रातर्फ भएको वक्तृत्वकलामा मानसरोवर माविकी निमा छोइजुम लामा प्रथम, बालमन्दिरकी लक्ष्मी शाही द्वितीय र कैलाश माविकी नानीदेवी सुनार तृतीय भएका थिए।
त्यस्तै, छात्रतर्फ भएको वक्तृत्वकलामा रलिङ माविका सैलेन बोहरा प्रथम, बालमन्दिरका हर्क सार्की द्वितीय र कैलाश माविका लोकराज विक तृतीय भएका थिए।
त्यसैगरि सर्केगाड गाउँपालिकामा पनि हिथर (शाइलसफटी स्पिकी शाइनल)को आर्थिक सहयोग, मिशन ईष्ट्को प्राबिधिक सहयोग सर्केगाड गाउपालिकाको समन्वय महिला कल्याण सेवा हुम्लाको सहजीकरमा हिमज्योती माविमा पनि वाल दिवस मनाएका छन ।
सिमकोटमा आयोजना गरेको प्रतियोगितामा विजेतालाई कर्णाली प्रदेशका पूर्वसामाजिक विकासमन्त्री दलबहादुुर रावल र सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुशिला रोकायाले नगद, पुरस्कार र प्रमाण पत्र प्रदान गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस