हिल्दुम जलविद्युत् आयोजना एक हप्ता बन्द
२९ भाद्रा २०७९
सिमकोट । मर्मतका लागि भन्दै हिल्दुम साना जलविद्युत् आयोजना बन्द भएको छ । दैनिकजसो विद्युत् अपुग हुने र चुहावट हुँदै आएका कारण पुनःमर्मतका लागि विद्युत् आयोजना बुधबार बन्दा. गर्न गरेको हो । फर्बे ट्यांकीदेखि मुहानसम्मको नहर मर्मत गर्नुपर्ने भएपछि विद्युत् सेवा बन्द गरिएको े हिल्दुम विद्युत् वितरण आयोजना कार्यालयका प्रमुख साजन ऐडीले बताए ।
वितरण केन्द्रका अनुुसार नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुुम विद्युत् वितरण केन्द्रद्वारा आपूर्ति गर्दै आएको विद्युत् सेवा बन्द गरिएको छ।
फर्बे ट्यांकीदेखि मुहानसम्मको नहर चुहिने समस्या आएपछि त्यसलाई मर्मत गर्ने कार्य सुरु भएकाले विद्युत् आपूर्ति बन्द गरिएको हो ।
नहरको मर्मत कार्य बुुधबारबाट सुुरु भएको र निर्माण कम्पनी पक्षलाई एक हप्ताभित्र सम्पन्न गर्न निर्देशन केन्द्रले दिएको छ।
सदरमुकाम सिमकोट आसपासका गाउँ र खार्पुनाथ गाउँपालिकामा सेवा प्रवाह भएको विद्युत् एक दिनका लागि बन्दपश्चात् नियमित हुने हिल्दुम विद्युत् वितरण आयोजना कार्यालयका प्रमुख ऐडीले बताए ।
विहीबार बिहान १० बजेदेखि कम्तीमा एक हप्ता सम्म मर्मत गर्न समय लाग्ने भएको ऐडीले बताए । हाल सदरमुकाम सिमकोटमा दैनिक विद्युतु कटौती हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन् ।