हिमाली पारीएको लिमि गाउँमा पुग्यो संचारको पहुँच
३१ भाद्र २०८९
सिमकोट। उत्तरी हुम्लाको हिमाल पारीको नाम्खा गाउँपालिका– ६ को लिमी गाउँमा संचारको पहुँच पुगेको छ । लामोसमय पछि नेपाल टेलिकमको मोबाइल टावर निर्माण पूरा हुँदा लिमिका तिन गाउँम मोबाइल सेवा सुचारु भएको छ ।
यस अघि लिमीमा सञ्चार माध्याम भनेको टेलिकमकै एक लाइन भिस्याट ल्यान्डलाइन टेलिफोन सेवा थियो। दिउँसो घाम लागेको समय मात्र टेलिफोन सेवा सुचारु हुन्थ्यो। लिमीका स्थानीयले हातमा भएको मोबाइलले गीत संगीत सुुन्न र फिल्म हेर्न प्रयोग गर्ने गथ्र्यो ।अब देखी लिमीवासीको मोबाइलमा कुुरा गर्ने सपना बल्ल पूरा भएको छ । अाफन्त संग घरबाट घर बाहिर बोसोबासहरु संग अाफ्नाे मोबाइल सेवाबाट कुरा भएको बताए।
मोबाइल सेवा सञ्चालन आएपछि पहिलो दिन स्थानीयहरु अाफन्त संग मोबाइलमा कुराकानी गर्न निकै व्यस्त थिए।
वर्षौंदेखि मोबाइलमा कुराकानी गर्ने चाहना पूरा भएपछि
लिमीका तीन वटै गाउँ, तील, हल्जी र जाङ्ग गाउँका स्थानीयले खुसीयाली मनाएका छन्
पाच वर्षअगाडि लिमिमा टावर निर्माणको लागि निर्माण कम्पनीसँग टेलिकमले सम्झौता गरेको थियो।गएको वर्ष घर निर्माण कार्य, सोलार प्यानल र ब्याट्री जडान भएको थियो। तर, टावर पुरानो र बिग्रिएको परेपछि उक्त वर्ष सेवा सुुचारु हुन सकेको थिएन।
यस वर्ष टावरको नयाँ छाता र प्राविधिक लिमी पुुगेर जडान गरेपछि मोबाइल सेवा सञ्चालनमा आएपछि स्थानीयहरु खुसी भएको गाउँपालिकाका अध्यक्ष प्रेम लामाले बताए। मोबाइल टावर चाँडो निर्माणका लागि कर्मचारी र तत्कालीन जनप्रतिनिधि काठमाडौंसम्म डेलिगेसन गएका थिए ।हाल सञ्चालनमा आएको नेपाल टेलिकमको टुुजी मोबाइल सेवा हो।