उतरी हुम्लाको लिमीमा हिमपात

अर्जुन बोहरा

२असोज २०७९
सिमकोट । हिमपातले चिसो बढेसँगै लेकमा लगेको पशुबस्तु र गाईगोठाला लाई समस्या बनाएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौंरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । हुम्ला । हुम्लाको उतरी नाम्खा गाउँपालिका ६को लिमी गाउँमा भदौमहिनामा हिंपात परेको छ ।
विहीबार राती देखि लगातर बर्षा हुँदा हुम्लाको उतरी लिमीका तिनवटै तिल,हल्जी र जाँङ्ग गाउँ एकासी हिंपात भएको छ ।
अबिरल बर्षा हुँदा बर्षको एक पटक पाक्ने बाली नाफल लगायतको अन्नपात नष्ट गरेको छ । जलवायु परिवर्तनका यस नकारत्मक असरले फेरि यो वर्ष पनि लिमी बासीलाई सरकारी राहत माथी निर्भर हुन् बाध्यता परेको छ। हाल नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा लिमीमै भएकोले न्याउलु लेकको बाटो खुलाई सक्दो राहतको पहल गर्ने बताए । उतरी हुम्लाको कार्तिक महिना अन्तिम सता देखि हिमपाता शुुरु हनु पर्नेमा यस पटक समयमा मौसम परिवर्तनकै कारण भदौं अन्तिम दिनमा हिंउ परेका छ ।
हिमपातका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । उतरी नाम्खागाउँपालिकाको लिमीमा चार इन्च हिउँ जमेकोे नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष पाल्जोेर तामाङले बताए ।
उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र अविरल परिरहेका बर्षाले प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्लाका स्थानीयलाई सतर्क रहन आग्रह समेत गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस