हुम्लामा ५९ मतदानस्थल कायम

फिल्को मिसन

असोज १४, २०७९
सिमकोट । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लामा ७ वटा मतदानस्थल थपिएका छन् । जिल्लास्थित निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र जनप्रतिनिधिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थल थप गरेको हो ।
सदमुकाम सिमकोटमै रहेको हुम्ला कारागारलाई नयाँ अस्थायी मतदा स्थल कायम गरिएको छ । कारागारका कैदीबन्दी, थुनुुवा र निर्वाचनमा नखटिएका कर्मचारी र अन्य अस्थायी मतदाताका लागि मतदान गर्नका लागि कारागारलाई अस्थायी मतदानस्थल तोकिएको हो। मतदान स्थलमा कैदी, थुनुुवा, अस्थायी मतदाना नामावली भएका तर निर्वाचनमा नखटिएका कर्मचारी, सुरक्षाकर्मी र सो मतदान स्थलका लागि खटिएका कर्मचारीले प्रतिनिधि सभाअन्तर्गतको समानुुपातिक मतदान कार्यमा भाग लिन पाउने निमित्त जिल्ला निर्वाचन अधिकारी श्याम रानाका बताए ।
हुम्ला जिल्लाका लागि ५८ वटा मतदान स्थल र ५९ वटा मतदान केन्द्र कायम गरिएका छन्। जसमा ४७ वटा साविकका मतदानस्थल कायम भएका छन् भने ४ वटाको ठाउँ सारी र ७ वटा नयाँ कायम भएका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस