बागी’ उठेका मंगल शाही कांग्रेसबाट निष्कासित

फिल्को मिसन

२०७९असोज,२७

सिमकोट ।आगामी मंसिर–४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनविरुद्ध हुम्लामा प्रदेश सभा ‘क’मा बागी उम्मेदवारी दिएका कांग्रेसका मंगलबहादुर शाही कारबाहीमा परेका छन् ।कांग्रेस महाधिवेशन प्रतिनिधि एवं जिल्लाका वरिष्ठ नेता शाहीलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको छ।

निर्वाचन आयोगले तय गरेको निर्वाचनकार्यतालिका अनुसार असोज–२६ गते दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएपछि शाही कांग्रेसबाट स्वतः निलम्बित भएका हुन्।

कांग्रेसले सार्वजनिक गरेको निर्देशनअनुसार पार्टीको निर्णयविना वाम–लोकतान्त्रिक गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका शाहीले फिर्ता नलिएपछि कारबाहीमा परेको कांग्रेसका हुन्लाका उपसभापति कैलाश भण्डारीले जानकारी दिए।

‘पार्टीको विधानअनुसार मंगलबहादुर शाही आजबाट स्वतः कारबाहीमा पर्नुभयो,’ वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रदेश सभा ‘क’का उम्मेदवारसमेत रहेका भण्डारीले भने, ‘अब उहाँ कांग्रेस रहनुभएन। पार्टीको निर्देशनविपरीत जानेबित्तिकै उहाँ स्वतः साधारण सदस्य बाट निकाशित हुनुभयो। पाँच बर्ष सम्मका लागि जिल्ला पाटीले कारबाही गरेको छ।’

कांग्रेस हुम्लाले पटक पटक अाफुलाई टिकट बागबन्डामा अन्याय गरेको भन्दै शाही ले गठबन्धनकै विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।

कांग्रेसको विधानअनुसार बागी उम्मेदवार दिएका र उनको प्रस्तावक तथा समर्थक बसेकालाई समेत आगामी पाँच वर्षका लागि साधरण सदस्यसमेत नरहने गरी कारबाही हुने व्यवस्था उल्लेख छ।

उक्त क्षेत्र गठबन्धन दलका तर्फबाट नेकपा माओवादीको तर्फबाट रणसिंह परियार उम्मेदवार छन्। उनले पार्टीको निर्णय र हितविरुद्ध जाने कसैलाई पनि अधिकार नभएको भन्दै अराजकता कार्य गर्नेलाई कारबाही गर्नुको विकल्प नरेको बताए।साथै, उनको मनोनयन दर्ता गर्दा समर्थक र प्रस्तावक रहेका दुुई जनालाई पनि कारबाही गरिएको कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ।

कांग्रेस केन्द्रले कुुनै पनि कांग्रेस कार्यकर्ताले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिए स्वतः साधारण समस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय यसअघि नै गरेको छ।

देशभरका बागीलाई असोज २६ गते १ बजेसम्म फिर्ता लिन अपिल गरेको थियो। त्यसैगरी उक्त निर्वाचनमा क्षेत्रमा कमा पनि गठबन्धन दलकै नेकपा एकीकृत समाजवादीका हस्तबहादुुर शाहीले पनि उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस