हुम्लामा एमाले भन्दा गठबन्धन अगाडि

अर्जुन बोहरा

कार्तिक १४,२०७९ सोमबार
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दिन दलीय गठबन्धनको तर्फबाट हुम्लाबाट प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका छिरङ्ग दुम्दुल लामा (कार्चेन) नेकपा एमालका केन्द्रिय सदस्य दल बहादुर रावल लाई प्रतिनिधिसभाको उम्मेदवार बनेका छन ।
रावल २०७४ को प्रतिनिधिसभा चुनावमा हुम्लाको निर्वाचन क्षेत्र क बाट विजयी भएका थिए । तर, अहिले परिस्थिति फेरिएको छ । त्यसबेला नेकपा एमाले विभाजित भएको थिएन भने माओवादी केन्द्र पनि एमालेसँगको गठबन्धनमा थियो । अहिले भने एमाले फुटेर बनेको एकीकृत समाजवादी र माओवादी दुवै तिन दलीय गठबन्धनमा छन् । सोही कारण नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र साझा गठबन्धन दलको समर्थ पाएका माओवादीका उम्मेदवार लामा लाई पन्छाएर जित निकाल्नु रावलका लागि सहज देखिदैन । बरु लामा रावल भन्दा तुलनात्मक रूपमा बलिया प्रतिस्पर्धी रुपमा बनेका छन् ।
छिरङ्ग दुम्दुल लामा (कार्चेन कर्णाली प्रदेशका छ महिनाको लागि गैर संसदबाट पूर्व पर्यटन मन्त्री बनेका थिए । उनी पहिलोपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार दिएका छन । पहिलो पटकमा निर्वाचित हुँदै सांसद बन्ने उनको प्रयासलाई गठबन्धनले दलहरुले सघाउने भएका छन । तीन दशकभन्दा बढी समय कम्युनिस्ट आन्दोलनमा बिताएका लामा पूर्णकालीन राजनीतिमै सक्रिय भएको पनि दुई दशकभन्दा बढी भइसक्यो ।
उनी जिल्लाको माओवदी पार्टीका राजनीतिमा संस्थापक र स्थापित नेता हुन् । पूर्णकालीन राजनीतिक कार्यकर्ता भएर मैले हुम्लामै कार्यक्षेत्र बनाएर करिब २ दशक बिताएको बताए । कार्चेन भन्छन्, ‘यहाँका हरेक समस्यासँग परिचित छु । हुम्लाको सम्भावनाबारेमा नजिकैबाट जानकार छु । जनताका पीर मर्का नजिकबाट नियालेको छु ।’
हुम्लालाई विकासको बाटोमा द्रूततर गतिमा अघि बढाउन आफू प्रत्यक्षमा उम्मेदवार बनेको उनी बताउँछन् । यातताय, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, सिँचाइ, जडिबुटीलगायतको विकास गर्ने तथा सार्वजनिक सेवा सुविधा सुधार गर्ने आफ्नो योजना रहेको कार्चेन बताए ।।

हुम्लामा सडक नपुगेको जिल्ला हुम्ला हो । आफु विर्चाचित भईसकेपछि पहिलो प्रथामिकता सडक लाई एक नम्बरमा राख्ने बताए । पर्यटन ,जटबुटी र जलस्रोतमा धनी जिल्ला हो । हाइड्रोसम्बन्धी योजनाहरू बनाउने योजनामा लाग्ने बताए । जलस्रोतको विकासका लागि उपयुक्त वातावरण तयार पार्ने आफ्नो एजेन्डा रहेको उनी बताउँछन् ।
त्यस्तै हुम्लाका पर्यटकीय गन्तव्यको विकास गर्ने कुरालाई पनि कार्चेनले प्रमुखताका साथ अगाडि सारेका छन् । ’यहाँका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको विकास गर्नुपर्नेछ । म सांसद बनेपछि कैलाश मनासरवर धार्मिक तथा पर्यटक भित्राउने त्यसलाई व्यवस्थित रूपमा अघि बढाउन पहल गर्छु,’ उनी भन्छन् ।
सरकारी सेवासुविधामा सुधार गर्नुपर्ने धेरै पक्ष रहेको उनी बताउँछन् । चिन सिममानमा पर्ने हिल्सा नामा रहको ’यहाँ कर कार्यालय छैन । कर तिर्न पाँचथर पुग्नुपर्ने बाध्यता छ,’ कार्चेन भन्छन्, ’कर तिर्न जाँदा–आउँदा मात्रै धेरै पैसा खर्च हुने गरेको छ । म निर्वाचित भएपछि हुम्लामा कर कार्यालय खोल्न पहल गर्छु ।’
शिक्षाको विकासलाई पनि उनले आफ्नो एजेन्डा बनाएका छन् । हामी प्राविधिक शिक्षामा अलि पछाडि छौँ । अब त्यस्तो हुनुहुँदैन । हाम्रा सन्ततीले पनि प्राविधिक शिक्षा पढ्ने अवसर पाउनुपर्छ । त्यसको व्यवस्था मिलाउँछु,’ उनी भन्छन् ।
कार्चेन आफूलाई जनताको उम्मेदवार भन्न रूचाउँछन् । उनी जनतासँगको सम्बन्धलाई नै आफ्नो जित्ने आधार रहेको दाबी गर्छन् ।
’म हुम्लामै जन्मिएँ, हुम्लामै हुर्किएँ, जीवनको धेरै लामो समय कम्निष्ट पार्टीमा बिताएँ । जनतालाई समस्या पर्दा म उहाँहरूसँगै थिएँ, छु र हुनेछु,’ उनी भन्छन्, ’यहाँका जनतासँग मेरो आत्मीय सम्बन्ध छ । उहाँहरूले पनि मलाई माया गर्नुहुन्छ । म जितेपछि पनि हुम्लामै जनताको सेवामा हुनेछु ।’
अघिल्लो पटक चुनाव जितिसकेका, पूर्व सामाजिक मन्त्री बनी सकेका दल रावल एमालेपार्टीमा उदाउदो शक्तीकारुपमा उम्मेदवारी दल बहादुर रावलसँगको प्रतिस्पर्धा सहज होला र ? भन्ने प्रश्नमा उनी भन्छन्, ’दल बहादुर रावल जिताउन हामी पनि लागेका थियौँ । तर, अहिले परिस्थिति पहिलेको जस्तो छैन । उहाँ (रावल)ले पाँच वर्षमा गरेका राम्रा र नराम्रा कामको हिसाब जनतासँग ताज छ ।’
जनताले ’फ्रेस’ मान्छे खोजेको कार्चेनको तर्क छ । यसैलाई उनले आफ्नो जित्ने आधारका रूपमा प्रस्तुत गरेका छन् ।
तर, हुम्लामा माओवादीको विरासतामा छ ।अहिलेको चुनवामा गठबन्धन पनि छ । केहि फरक पर्देन ? भन्ने प्रश्नमा लामा बताउँछन,यहाँ गठबन्धनको कुनै समस्या छैन । गठबन्धनमा एकदमै राम्रो अगाडी बढ्छ । हुम्लाको गठबन्धनमा कुनै विवाद छैन ।’
गत स्थानीय निर्वाचनको परिणामले पनि हुम्लामा गठबन्धनको अवस्था बलियो रहेको देखाउँछ । जिल्लाका सात वटा स्थानीय तहमध्ये गठबन्धनले ६ वटा पालिकाको प्रमुख जितेको छ भने काँग्रेसकै उम्मेदर १ वटा पालिकाको प्रमुख जितेको छ । हुम्लामा एमाले पार्टीबाट कुनै उम्मेदार जित्न सकेनन् ।
नाम्खा र सिमकोट र ताँजकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसका निर्वाचित भएका थिए । त्यसै गरि खार्पुनाथ,सर्केगाड र अदनचुली गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा तिनैवटा गाउँपालिकामा उपाध्यक्ष माओवादी केन्द्र निर्वाचित भएका थिए । हुम्लामा चंखेली गाउँपालिाकामा एक जना स्वतन्त्र उम्मेदार निर्वाचित भए भने उनि काँग्रेस पार्टीका बागि उम्मेदार हुन । उपध्यक्षमा नेकपा एस पार्टी उम्मेदार निर्वाचित भएका छन ।
हुम्लामा गठबन्धनको तर्फबाट माओवादीका नेता छिरिङ डम्डुल लामा (कार्चेन) गैर सांसद भएर पनि कर्णाली प्रदेश सरकारमा माओवादीका तर्फबाट ६ महिना उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका थिए ।
रावल तत्कालिन नेकपाको तर्फबाट कर्णाली प्रदेश सरकारमा ३ वर्ष २ महिना सामाजिक विकास मन्त्री भएका थिए । यसअघि यि दुवै जना प्रदेश सरकारमा मन्त्री समेत भईसकेका अहिले हुम्लाबाट प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा गर्दैछन् ।
माओवादी केन्द्रको आधार ईलाका मानिने हुम्लामा पनि गठबन्धन भएकाले लामालाई बलियो उम्मेद्वारका रुपमा देखिन्थ्यो । तर अहिले काँग्रसेबाट नै हुम्लाको प्रदेश निर्वाचन क्षेत्र क बाट स्वतन्त्र उम्मेदार मंगल शाही र गठबन्धन बाट गरेका दलका नेकपा एस बाट हस्त बहादुर शाहीले उम्मेदार दिएका छन । एकातिर गठनबन्धनको उम्मेदारको टिकट प्रतिनिधी सभा,प्रदेश निर्वाचन उम्मेदारको टिकट माओवादी केन्द्र भागमा परेको छ भने प्रदेश ख निर्वाचन क्षेत्रको काँग्रसमा भागमा परेको छ ।
गएको २०७४ साल निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि स्वन्तन्त्र रुपमा जितेका छक्क बहादुर लामा एमाले प्रवेश गरे सँगै हुम्लामा कसले जित्ला भनेर निकै चासोका साथ हेरिएको छ ।
छक्क बहादुर लामा माओवादी पार्टीबाट एमाले पार्टीमा प्रवेस गरे लगतै एमाले पार्टीले छिमी र्दोजे लामा (आशाकार) लाई प्रदेश ख को उम्मेदार दिएको उम्मेदार उनै छक्क बहादुर लामा नै उम्मेदार बने ।
छिमी र्दोजे लामा (आशाकार)ले पटक पटक छक्क बहादुर लामा माओवादी भित्रैनै टिकट हत्याउने प्रथाले सहन नसकि एमालेमा प्रवेश गरेको बताए । तर दुबै जना एमाले भईसेकेपछि आशाकार पुन माओवादी केन्द पार्टीमा र्फकिएका छन ।
दुवै जनाले उम्मेदारले जित आफ्नो पोल्टामा कसरी पार्ने भनेर गम्भिर रणनिति साथ योजना बनाई रहेका छन् । स्थानीय तहको चुनाव,यता पार्टी प्रवेश हुम्लाको राजनितिक उतारचढाव भएका कारण पनि यस क्षेत्रलाई एकदमै महत्वका साथ हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस