हुम्लामा ७६ प्रतिशत मतदान
२०७९ मङ्सिर ४ आइतबार
हुम्लामा । हुम्लामा ७६.३७ प्रतिशत मतदान भएको छ। आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हुम्लामा कुल मतदाताको ७६.३७ प्रतिशत मत खसेको हो। हुम्लामा कुल मतदाता २५हजार ९५ छन्। तीमध्ये महिला १२ हजार ३ सय २५ जना र पुरुष १२हजार ७ सय ७० जानले मतदान गरेको निमित जिल्ल निर्वाचन अधिकारी श्याम रानले बताउनुभयो
मतदान केन्द्रबाट मतपेटिका आउन थालेका छन्। अधिकांश मतदान केन्द्र टाढा भएकाले सबै मतपेटिका आइपुग्न एक दिन लाग्ने भएकाले मतगणना भने सबै मतादना केन्द्रबाट मतपेटीका आएसकेपछि मात्रै मत गणन गर्ने तयारी गरिएको बताए। हुम्लामा केहि मतदान केन्द्रमा छिटफुट घटना भए पनि अधिकाँस मतादान केन्द्रमा शान्पिूर्ण मतदान भएको जिल्ला निर्वाचन अधिकारी रानाले बताए ।
निर्वाचनको मतगणनालाई सुरक्षित र विश्वसनीय बनाउन मतगणना कक्षमा तारजाली सीसीटीभी जडान गरिएको छ।