हेलिकोप्टरमार्फत हुम्लाको मतपेटिका सदरमुकाममा ल्याइयो

अर्जुन बोहरा

२०७९ मङ्सिर ५ आइतबार
सिमकोट । सोमबार हुम्लाको उत्तरी क्षेत्रमा रहेका नाम्खा गाउँपालिका–६ लिमी गाउँको मतदान केन्दंको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार सदरमुकाम ल्याइएको छ भने ३४ केन्द्रका मतपेटीका अझै सदरमुकाम आइपुगेका छैनन् ।
मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले लिमीका तीन वटै मतदात केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिएको बताए ।
सोमबार नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरले एक उडान भरेर मतपेटिका र १३ जना कर्मचारी तथा सुरक्षाकर्मी ओसारेको हो।
निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले लिमीका तीन मतदान केन्द्र मध्ये तीलमा रहेको हिमशिखर आधारभुत विद्यालय मतदान केन्द्रमा १११ मतदाता भएकोमा ७४, हल्जीको सुनखानी आधारभुत विद्यालय मतदान केन्द्रमा २२७ मतदाता भएकोमा १६५ र जाङ्गमा रहेको सुनखानी आधारभुत विद्यालय मतदान केन्द्रमा जम्मा २०४ जना मतदाता रहेकोमा एक सय मत खसेको बताए।
लिमीका तीन वटै मतदान केन्द्र गरी ५४१ मतदाता रहेकामा ३३९ मत खसेको थियो।
जिल्लाका ५९ वटा मतदान केन्द्र मध्ये २५ मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम सिमकोटमा पुगुको जिल्ला निर्वाचन अधिकारी रानाले जानकारी दिए।
हुम्लाको प्रदेश (क) मा रहेका ३४ वटा मतदान केन्द्रका मतपेटिका अझै सदरमुकाम नआएको निमित्त निर्वाचन अधिकारी रानाले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस