जुम्लामा मत गणना शुरु

नेत्र शाही

२०७९ मङ्सिर ५ आइतबार
जुम्ला । जुम्लामा मत गणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद गौतामका अनुसार प्रतिनिधिसभाको मत गणना शुरु भएको छ भने प्रदेशसभाको मत गणनाको तयारी भईरहेको छ ।
जुम्लाको कुल मतदाता ६८ हजार छ सय ३८ मध्य ४५ हजार ५९ मत अर्थात ६५ प्रतिशत खसेको छ । मतगणनामा शुरुमा जुम्लाको कनकासुन्दरी गाउँपालिकाबाट मत गणना शुरु गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिसभामा कनकासुन्दरी गाउँपालिका आधारभुत विद्यालय बुडुचौतारा, कनकासुन्दरी मा.वि लुड्कु, कोटघर मा.वि (क), धोविघाट आधारभुत विद्यालय र नेपाल राष्ट्यि मावि मालिकावोताको मतपेटिका फुकालिएको छ ।
फुकालिएका मत पेटिकाबाट मत गणना शुरु भएको हो । मु्ख्य निर्वाचन अधिकृतको कार्यालयले करिब दुई घण्टाको समयमा मतगणनाको अपडेट दिने तयारी गरेको बताएको छ ।
जुम्लामा प्रतिनिधिसभामा सत्ता गठवन्धनका गोमा गौतम कुँवर, नेकपा एमालेका रतननाथ योगी, राप्रपाका ज्ञानबहादुर शाही र नेमकिपाका डिल्ली प्रसाद काफ्ले प्रतिनिधिसभाका उम्मेदवार छन् ।

 

प्रतिक्रिया दिनुहोस