हुम्लामा माओवादीको अग्रता

फिल्को मिसन

२०७९ मङ्सिर ८ बुधबार
सिमकोट । हुम्लामा प्रतिनिधिसभातर्फको मतगणना चलिरहेको छ । मतगणनाको पछिल्लो विवरणअनुसार माओवादी उम्मेदवार छिरङ दमदुल लामा कार्चेनले ३हजार २सय ४४मत पाएका छन् ।
एमाले उम्मेदवार दल रावल १हजार ९सय ११ मतसहित लामालाई पछ्याइरहेका छन् । राप्रपाका उम्मेदवार तेजबहादुर रावलले ३१ मत प्राप्त गरेका छन ।
हुम्लाको प्रदेश सभा १ मा पनि माओवादीले अग्रता कायम गरेको छ । माओवादी उम्मेदवार रणसिंह परियारले २हजार७सय २५मत मत प्राप्त स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही जेव्रा चिन्हबाट ५ सय ४९ मत पाएका छन् ।
त्यसै गरि
एमालेका दल फडेराले१हजार१ सय ६८ ल्याउँदा एकीकृत समाजवादीका हस्तबहादुर शाहीले २सय १० र राप्रपाका छापे ऐडीले ४ मत ल्याएका छन् । हुम्लाको ताँजकोे र अदनचुली गाउँपालिका वडानं १,२,३,४,५ मत गणन भईसकेको मुख्य निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस