क्यान हुम्लाको अध्यक्षमा लामा निर्विरोध चयन

अर्जुन बोहरा

मंसिर १९, २०७९
सिमकोट । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) हुम्लाको अध्यक्षमा सिमकोट गाउँपालिका सूचना तथा संचार प्रविधि अधिकृत छिरिङ युङडुङ लामा चयन हुनुभएको छ ।
शाखाको पहिलो अधिवेशन र दोस्रो साधारण सभाको अधिवेशन बाट लामा अध्यक्ष सहितका ११ सदस्यीय जिल्ला कार्यासमितिमा सर्वसम्मत चयन भएका छन ।
जसमा नवनिर्वाचित हुनेमा उपाध्यक्षमा जीवनी शाही, थार्वा ऐडी सचिव, संगिता रोकाया कोषाध्यक्ष र नरेन्द्र भण्डारी सहसचिवमा चयन भएका छन । यस्तै जिल्ला कार्यसमिति सदस्यहरुमा सुवास रोकाया, छवाङ नुुर्वु लामा, कवि सिंह, प्रेम बोहरा, ताराबहादुुर कार्की र रामजन रावत चयन भएको सँस्थाले जनाएको छ ।
उनीहरूलाई संघको पहिलो अधिवेशनको बन्द सत्रबाट सर्वसम्मतबाट चयन गरिएको नवनिर्वाचित अध्यक्ष लामाले बताए ।
सिमकोट गाउँपालिका कावा अध्यक्ष नन्द रावतको प्रमूख अतिथ्यतामा र पत्रकार महासंघ हुम्ला शाखाका जिल्ला अध्यक्ष राजन रावतको विशेष अतिथिका रुपमा सोमबार सदरमुकाम सिमकोटमा साधरण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै सिमकोट गाउँपालिका कावा अध्यक्ष रावतले यस सँस्था वलियो र विश्वासनिय लागि क्यान हुम्ला लाई विभिन्न गतिविधी सञ्चालन गर्न सुझाब दिनु भयो।
बधाई तथा शुभकामन कार्यक्रममा बोल्दै पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजनरावत,सर्केगार्ड गाउँपालिका–१का पूर्वअध्यक्ष गोकुुल बुुढा र गाउँपालिकाका लेखा अधिकृत विशाल बोहरा लगायत वक्ताहरुले नव निर्वाचित पदधिकारीहरु ग्रामीणस्तरमा सुचना सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन जस्ता कार्यक्रम ल्याउन आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस