महिला स्वास्थ्य स्वयंसेविका लाई सम्मान

अर्जुन बोहरा

मंसिर १९, २०७९ सोमबार

हुम्ला । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले पालिकाभित्रका १५जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ ।
गाउँपालिकाका चार वटा स्वास्थ्य चौकीमा मातृशिशु स्वास्थ्यको हेरचाहमा सक्रिय भई काम गरेको भन्दै १५ जना स्वंयसेविकालाई शाखाले सम्मान तथा पुरस्कृत गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले बताए ।
उनीहरूलाई जनही २ हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको थियो। उनले सिमकोट गाउँपालिकाभरि ४५ जना स्वास्थ्य स्वयंसेविका रहेकामा उनीहरू मध्येबाट राम्रो काम गर्नेलाई प्रोत्साहन स्वरूप पुरस्कृत गरिएको बताउनु भयो ।
सम्मानित हुनेमा महिला स्वम सेबिका च्यामा लामा,झोम्बा लामा,तेन्जिन डोल्मा लामा,इशा रावल,केसरी बुढा,जयसरा शाही,कुसुम लामा,उर्मिला बोहरा,दिलमाया सिह,भाग्यशोरी सिह शाही, बबिता शाही,लक्ष्मी शाही,बिनिता बोहरा,बिमला भण्डारी र रितु भण्डारी हुन ।


१९ औ महिला स्वास्थ्य स्वयम सेविका दिवसको अवसरमा सोमबार स्वास्थ्य शाँखाको औपचारीक कार्यक्रमको आयोजना गरी खादा र सम्मानपत्रले सम्मान गरेको हो । सम्मान पाएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् ।

राज्यले हाम्रो कामको सम्मान गर्नुपर्छ । कार्यक्रममा स्वयंसेविका लक्ष्मी शाहीले आफुहरुको हेरचाह र मातृशिशु स्वास्थ्य सुधारमा लागि परेको बताइन् । कार्यक्रममा सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भण्डारीले निस्वार्थ भावनाले लागेका स्वास्थ्य स्वयंसेविकाहरुको सक्रियताले नै आमा र बच्चामा स्वास्थ्य सुरक्षित हुने बताए ।

प्रतिक्रिया दिनुहोस