खार्पुनाथ बन्यो पूर्ण खोप सुनिश्चितता भएको पालिका(फोटोफिचर)

अर्जुन बोहरा

मंसिर २१, २०७९ बुधबार

हुम्ला । खार्पुनाथ गाउँपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।
जिल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा (सन्जय)ले खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिकाको रूपमा घोषणा गरेका हुन्। उनले बालबालिकाको मौलिक अधिकार भएकाले सातै वटा पालिकालाई खोपको पहुँचमा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता पालिका भएको बधाई दिनुभयो ।
खोप सुरक्षित जीवनको आधार भएकोले हुनाले बालमृत्युदर घटाउन कर्मचारी,स्वाथ्यकर्मिह,स्वयमसेवीकार र बालबालिकाका अभिभावकले यसको महत्व ज्यादा छ’, उनले भने, ‘खोप लगाए/नलगाएको बारे सबैले ख्याल गरौँ र नलगाएको भेटिए लगाउन अभियानमा लागौै भन्नभयो ।
गाउँपालिकाभरिका खोप लगाउने सबै उमेर समूहका बालबालिकाले खोप लगाएपछि गाउँपालिकाले धेरै तह पार गर्दै बुधबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए ।
गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाहरुले पाँच वटै वडाका बस्तीमा बालबालिकाहरुलाई खोप लगाउने कार्य पूरा भएपछि खार्पुनाथलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको छ ।
‘हामीले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्दै गर्दा कति खोप नै नलगाएको बालबालिका भेटिए भने राम्रो सन्देश जाँदैन। कोही पनि खोप लगाउनबाट छुट्नु भएन । यसमा सबैले ध्यान दियौँ, उनले भने, ‘खोपले रोग लाग्नुभन्दा लाग्नै नदिने काम गर्ने भएकाले खोप अभियानलाई अझ व्यापक रुपामा संचालन गरेर आज खोप सुनिश्चितता पालिका बनाउन सफल भएको बताए ।’
उनका अनुसार वार्षिक लक्ष्य अनुसार ८० प्रतिशत बालबालिकाले खोप लगाएको गाउँपालिका स्वास्थ्य प्रमुख वलिराज शाहीले जानकारी दिए। खार्पुनाथ गाउँपालिकाभित्र चालु वर्ष जन्मेदेखि १६ देखि २३ महिनाका जम्मा १ सय ६३ जना बालबालिकाले नियमित खोप पाएका छन ।
एउटा शिशुले जन्मेदेखि १५ महिनासम्म विसीजी, डिपीटी, पोलियो, पिसिभी, एफआईपीभी, दादुरा, रोटा र टाइफाइड विरुद्धको खोप लगाउने गरेका छन्।ग्रामीण भेगमा अझै पनि बालबालिका नियमित खोपको पहुँचमा आउन नसकेको उनले बताए।
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कार्यबाहक अध्यक्ष जय बहादुर शाहीको अध्यक्षता तथा जिल्ला समन्वय समिति हुम्लाा उपप्रमुख दलु फडेरा (सन्जय)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिका कार्यबाहक अध्यक्ष शाहीले खोपको दायराभन्दा बाहिर रहेका बालबालिकाको खोजी गर्न आग्रह गरे।
पूर्ण खोप सुनिश्चितता कार्यक्रममा जिल्ला स्वाथ्य सेवा कार्यालयका प्रमुख,स्वाथ्य क्षेत्रमा साझेदारी गर्ने विभिन्न संस्थाका प्रमुख,खार्पुनाथ गाउँपालिकाका पाँचैवटा वडाध्यक्ष, स्वास्थ्य चौकीका प्रमुख लगायत सहभागी थिए।
खार्पुनाथका ५ वटै वडा कार्यालयलाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

 

 

 

प्रतिक्रिया दिनुहोस