भ्रष्टाचार नियन्त्रण र सुसासनमा मुख्य एजेण्ड बनाइने : प्रचण्ड

फिल्को मिसन

मंसिर २५, २०७९ आइतबा।
ललितपर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण, सुसासन अबको मूख्य जोड पार्टीको रहने बताए ।
प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफनो पार्टी भित्र देखि लिएर अन्य शक्तिशालीको सम्पती छानविनको संयन्त्र निमार्ण गरी गठबन्धन सरकार लाग्नुपर्ने बताउनु भयो । अध्यक्ष प्रचण्डले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताउनुभयो ।
माओवादीलाई निमिट्यान्न पार्न धेरै शक्ति लागेको बताउँदै अध्यक्ष प्रचण्डले यसको रक्षा गर्ने दायित्व हामी सबैको रहेको बताउनुयो । “सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ,” उहाँले भन्नुभयो, “६० सिटको कमाण्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिएका छौं सरकार त्यही बन्छ ।” यो निर्वाचन अपेक्षित नभएको बताउनुभएका उहाँले खतम भएको देख्न चाहने शक्तिले माओवादीलाई कमजोर बनाउने खोजेपनि स्थिति त्यस्तो नभएको जनाउनुभयो ।
पछिल्लो समय नेकपा माओवादी केन्द्रले आफ्नो पहिचान गुमाउँदै गएको टिप्पणी पनि उनले गरेका छन् । उनले पार्टीको अलग पहिचान बनाउनतिर जोड दिनुपर्ने खाँचो औंल्याए । उनले पार्टीको रणनीति, कार्यशैली र पार्टीमा बस्नेहरूको आचरण–व्यवहार यस्तो हुनुपर्छ भनेर ठोस रुपमा विकसित गर्न नसकेको प्रस्ट पारे ।
अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका उपलब्धिहरुको रक्षा र संस्थागतका लागि सूचना तथा सञ्चारका माध्यमबाट मिडिया विषयवस्तु बनाएर त्यसको सहि बजारीकरण गर्नसमेत आग्रह गर्नुभयो ।
मिडियामा आक्रामक ढंगले प्रस्तुत नहुने हो भने जनताले विकासका कुरालाई मात्र महत्व नदिने उनको भनाइ थियो । ‘नयाँ पुस्तालाई जनयुद्धबारे केही थाहा छैन । प्रशिक्षित गर्न सकेका छैनौं,’ उनले भने, ‘डिजिटल युगमा छौं, अहिलेका युवाहरुको स्कुललिङ इन्टरनेटबाट हुन्छ । सोसल मिडियामा हाम्रो हस्तक्षेप व्यवस्थित भएन भने हामी प्रतिक्रियावादीलाई काउन्टर दिन सक्दैनौं ।’उनले सोसल मिडियाका लागि डिजिटल आर्मी तयार गर्नुपर्ने खाँचो पनि औंल्याए ।

एक्सपर्टका साथसाथै सोसल मिडियामा विशाल फौज चाहिने उल्लेख गर्दै उनले माओवादी केन्द्रसँग भएको जनमत, कार्यकर्ता पंक्तिलाई यसमा प्रयोग गर्न सकिने बताए ।अर्को चुनावमा कुनै पनि दलसँग तालमेल नगरी जित्ने गरी संगठन बनाउनतिर लाग्नुपर्नेमा पनि प्रचण्डले जोड दिएका छन् ।
प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले प्रविधिको जति विकास भएपनि सहि सामग्री उत्पादन प्रधान कुरा रहेको बताउनुभयो । संगठनका अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षता र महासचिव सन्तोष पौडेलको सञ्चालनमा सम्पन्न् बैठकमा संगठनका इन्चार्ज तथा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य महेश्वर दाहालले जनपक्षीय पत्रकारीताका चुनौति र सम्भावनाको विषयमा प्रकाश पारेका थिए ।सबै प्रदेश तथा प्रतिष्ठानका इञ्चार्ज तथा अध्यक्ष र केन्द्रीय समितिका पदाधिकारीहरुबीच समीक्षात्मक रिपोट राखेका थिए ।

प्रतिक्रिया दिनुहोस