सिमकोट विमास्थलमै शौचालयको यस्तो दुर्दशा
मंसिर २८, २०७९बुधबार
सिमकोट । अति सुन्दर विमानस्थ भनेको सिमकोट एयरपोटलार्ई भन्ने गरेको छ । तर, सरसफाइको अवस्था हेर्दा पत्याउन गाह्रो पर्छ । विमानस्थलतर्फको सवारी पार्किङ क्षेत्रमा वर्षौंदेखि दुर्गन्धित शौचालयको व्यवस्थापन हुन सकेको छैन । दैनिक हजारौं यात्रु ओहोरदोहोर गर्ने ठाउँको शौचालय सफा बनाउन विमानस्थल प्रशासनले ध्यान दिएको देखिँदैन ।
शौचालय छन्, फोहोरको उचित व्यवस्थापन भएको छैन । दृश्य घिनलाग्दो मात्र छैन अव्यवस्थित पनि छ ।
दैनिक यात्रुको अवागमन हुने ठाउँमा रहेको शौचालयको नाजुक अवस्था हेरिनसक्नु छ । नयाँ शौचालय बनाएयता पनि शौचालय यस्तै फोहोर छ । तर, सरसफाइ तथा व्यवस्थापनमा विमानस्थल प्रशासनले चासो देखाएको छैन ।
शौचालयको अबस्था हेर्दा दहयनिय भएकोे सिमकोट ४का जंग लामा बताउँछन् । विमानस्थलको निरीक्षण र अनुगमन गरेको देखिदैन । शौचालयको अवस्था दहयनिय हुँदा पनि कसैले नहेरेको लामाको गुनासो छ ।
देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हुम्लाको सिमकोट विमास्थल जाने स्वदेशी र विदेशी पर्यटक सिमकोटस्थित विमानस्थल उत्रिएलगत्तै यस्तै चारैतिर हिमालले घेरियाका दृश्य देखिन्छ ।
लामा भन्नु भयो “जब हामी बिमानस्थलको प्रतीक्षालय भित्र प्रवेश गरियौं, त्यो कुनै हिरासत भन्दा कम थिएन,ढोका बन्द थियो न कुनै झ्यालहरु थिए नत बत्ती नै,सुन्सान कालो कोठामा हामी सबै यात्रीहरु लाई थुनेरै राखियो,खै ठिकै छ एक छिनको लागि त होनि भन्दै सौचालय तर्फ लागियो ढोका खोल्ने बित्तिकै भित्र बाट ठुलो आवाज आयो एक्छिन्,एक्छिन् । मैले ठुलो आवाजमा चुक्कुल लगाउनु पर्दैन भने उहाँले झर्किदै भन्नुभयो चुक्कुल त भए पो लगाउनु ।”
त्यसै विच मेरो पालो आयो र ठुलो श्वरमा गित गाउदै आफ्नो काम सकाएर फ्लस थिच्छु ,पानी थिएन, हातधुन बेसिन तिर लागें,धारा खोलें,त्यता पनि पानी आउदैन थियो,अनि मैले एकजना प्रहरी भाई लाई पानीको ब्यवस्था मिलाउन र सबै मर्मत गर्न सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरें। उहाँ प्रहरी भाईले तुरुन्त एकजना मोदी नाम गरेको कार्यालय सहयोगी लाई बोलाउँनु भएछ, उ बल्टिमा पानी भरि कमोड मा हाल्दै थियो अनि मैले हजुरहरु पानीको पनि ब्यवस्थापन गर्न सक्दैन है भने,उस्ले झर्किदै आँखा देखेन यो पानी हैन भन्दै म संग बिबाद गर्न थाले, ठिक छ, नेपाल सरकारको कर्मचारी संग को बिबाद गर्न सकोस् भन्दै म आफ्नो वाटो लागें।
मेरै यी हातहरूले भोट दिएका स्थानीय, प्रदेश, संगका नेता भनौदाहरु नेपालगन्ज, सुर्खेत बारम्वार झरेको देख्छु तिनका आँखाले यी साधारण समस्याहरु कहिले नदेखिने रैछ । यी समस्याहरु हेर्दा साधारण तर अति जटिल हुन। सिमिकोट बिमानस्थलमा कैलाश दर्शन गर्न संसारका हरेक कुनाबाट हजारौं पर्यटकहरु आउने गर्छन् तिनका अनुभव केहोलान ।
जाबो एउटा ट्वाइलेटको चुक्कुल लगाउन नसक्ने सरकारबाट हामी नयाँ पुस्ताले कुन सुशासनको आस्था राख्ने होला ।”
सिमकोट विमानस्थलमा लामाले भने–‘स्वदेशी विदेशी यात्रुहरुको यति धेरै आवतजावत हुने विमानस्थलको सरसफाईको अवस्था यति धेरै दयनीय छ भने बाँकी क्षेत्रको अवस्था के होला ?’
लामा भन्नु हुन्छ सिमिकोट एयरपोर्टको तस्बिर देख्दा जोकोहीलाई पनि जीवनमा एक पटक जानै पर्ने ठाउँ रैछ भन्ने भाव जाग्नु अस्वभाविक होईन। प्रकृतिले दिएको वरदान नै हो यो ठाउँ। तर जब राज्य वा स्थानीयनिकायको ब्यवस्थापन देख्छु, मलाई त सरकार छ भन्ने कुनै अनुभूति नै भएन ।