अझै सामाजिक सुरक्षाभत्ता पाएनन् लिमीबासीले

फिल्को मिसन

मंसिर २८, २०७९बुधबार
सिमकोट । सरकारले प्रत्येक वर्ष उपलब्ध गराउँदै आएको समाजिक सुरक्षाभत्ता लिमीबासरीले पाएका छैनन ।
अघिल्लो आर्थिक वर्षको समाजिक सुरक्षाभत्ता पाउनु पर्नेमा १७ महिना वित्न लाग्दा समेत लिमीबासीले अहिले सम्म पाउन सकेका छैनन् ।विद्युतीय भुक्तानी प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बैंकमा निकासा भएका कारण लिमीगाउँका जेष्ठनागरिकले भत्ता पाउन नसकेका हुन्।
एक बर्ष भइसक्यो अझै सामाजिक सुरक्षा भत्ता पाउन नसकेको तील गाउँका जेष्ठ नागरिक कुन्ज्योक लामाले गुनासो गर्नुभयो ।
पहिलो किस्ता मंसिरको पहिलो साता दोश्रो किस्ता फागुनको पहिलोसाता, तेस्रो किस्ता असारको पहिलो साता र र्चौथो किस्ता सम्म सामाजिक सुरक्षा भत्ता वापतको रकम बुझदै आएकोमा अर्को आर्थिक बर्ष दोस्रो किस्ताको समय पुग्दा सुरक्षाभत्ता नपाए पछि जेष्ठ नागरिकहरूमा निराशा छाएको छ ।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले नयाँ नियमका कारण लिमीका सेवाग्राहीहरु सामाजिक सुरक्षा भत्ता पाउनबाट वन्चित हुनुपरेको बताए। उनले लिमीबाट बैंक खाता सञ्चालनका लागि केवाइसी अपडेट गर्न गाउँपालिका केन्द्र याल्वाङ पुग्न ३ दिन लाग्ने र सेवाग्राहीहरुलाई आउजाउमा सहज नभएको बताए ।
सरकारले उपलब्ध गराउँदै आएको समाजिक सुरक्षाभत्ता मात्र होइन बालबालिकाहरूले पाउँदै आएका पोषण बापतको भत्तासमेत लिमीबासीका तिनगाउँ तिल,हल्जी र जाँग गाउँका भित्रका बालबालिकाहरूले अहिलेसम्म पाउन सकेका छैनन् । सरकारले कर्णालीका पाँच वर्षसम्मका बालबालिकाहरूलाई प्रतिमहिना ४ सय रुपियाँका दरले वार्षिक ४ हजार ८ सय रुपियाँ पोषण भत्ताबापत उपलब्ध गराउँदै आएको थियो ।
नाम्खा गाउँपालिका ६लिमी गाउँका तिल,हल्जी र जाँग अन्तर्गतका २सय २४ जना सेवाग्राहीले अघिल्लो आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता पाउन नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर शाहील बताए।
लिमीमा सामाजिक सुरक्षा भत्ताका लागि ९० लाख बजेट बैंकमा जम्मा भइसकेको छ तर सेवाग्राही बैंकमा आउन नसकेकै कारण रकममा बैंकमै रोकिएको छ। लिमी गाउँमा कर्मचारीको लापरवाहीकै गर्दा सामाजिक सुरक्षा तथा बालबालिकाको पोषण भत्ता वितरणमा ढिलाइ भएकाले आगामी दिनमा त्यस्तो नगर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस