याङ्गार खोला निर्माण कम्पनीलाई कारबाही

फिल्को मिसन

मंसिर २७, २०७९ बुधबार
सिमकोट । हिल्सा–सिमकोट सडक आयोजनाले याङ्गार खोलामा पक्की पुल निर्माणमा लापरवाही गरेको आरोप लागेका धुुलिखेल निसान जेभी निर्माण कम्पनीलाई कारवाही गरिने भएको छ ।
निर्माणमा कम्पनीलाई कारबाही गर्ने भएको छ। सम्झौता भएको चार वर्षसम्म निर्माण सुुरु नभएपछि आयोजनाले निर्माण कम्पनी पक्षलाई कारबाही प्रक्रिया अगाडि बढाएको हो।
आयोजनाले निर्माण कम्पनीसँग उक्त पुुल निर्माणका लागि चार करोड रुपैयाँ लागतमा सम्झौता गरेको थियो। उक्त कम्पनीले ठेक्का लिएका मोटेरबल पक्की पुल अहिले सम्म निमार्ण अगाडि नबढाएकोले आयोजनाले कारबाही गरिने हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बिरेन्द्रकुमार यादवकले बताएका हुन्।
उनले रकम लिई निर्माणमा बदमासी गर्ने निर्माण कम्पनीलाई ४१ लाख लिएको फिर्ता माग्नका पत्रचारगरेको अहिले सम्म अटेरी गरेकोले एक दुई दिनमा कारबाहीमा परेको बताए।
ठेक्का लगेका ठेक्का कम्पन्नीका कारणबाट पनि सडक लगायत अन्य निर्माणमा ढिलाइ भएको अब पुराना सबै काम पूरा गरेर मात्र नयाँ निर्माणका अगाडी बढाउने जानकारी दिए। पटक–पटक म्याद थप गरेर निर्माण कार्य अगाडि बढाउन ताकेता गर्दा पनि काम सुुरु नगरेपछि आयोजनाले कारबाही प्रक्रिया अगाडि बढाएको हो।
आयोजनाले निर्माण कम्पनीसँग उक्त पुुल निर्माणका लागि चार करोड रुपैयाँ लागतमा सम्झौता गरेको थियो। कारबाही प्रक्रिया अगाडि बढाउनका लागि कम्पनीले सम्झौतापछि आयोजनाबाट लिएको अग्रिम भुक्तानीबापतको ४१ लाख रुपैयाँ फिर्ता माग्नका लागि पत्राचारसमेत गरिसकेको र अब एक दुुई दिनमा ठेक्का रद्दका लागि सूचना जारी गरिने भएको छ।

आयोजनाको निर्णयपछि निर्माण कम्पनी पक्षले आयोजनासँग सम्झौता गर्दाको राखिएको धरौटीबापतको डेढ करोड रुपैयाँ जफत गर्ने र कालोसूचीमा राखिने भएको छ । पुुल निर्माण नभएपछि अहिले यो खोलामा काठेपुलबाट यातायातका सवारीसाधन आवतजावत गर्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस