मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

फिल्को मिसन

मंसिर २९, २०७९,बिहिबार
काठमाडौ । साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गयराति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो ।

फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुग्न सफल भयो । अब फ्रान्सले उपाधिका लागि आइतबार राति अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । मोरक्कोले भने तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग खेल्नेछ ।

अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० हराउँदै फाइनलमा पुगिसकेको छ । अल बायत स्टेडियममा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र राण्डल कोलो मुवानीले एक एक गोल गर्नुभयो । फ्रान्सले दुबै हाफमा एक एक गोल गरेको थियो ।

खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाउनुभएको थियो । त्यसपछि खेलको ७९ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाउनुभयो ।

लगातार दोस्रो पटक फाइनलमा पुगेको फ्रान्सले उपाधि रक्षाको लागि अर्जेन्टिनासँग खेल्नेछ।  अर्जेन्टिनाले पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएरको थियो।  फाइनल खेल आइतबार  हुनेछ। मोरक्कोले तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस