नवनिर्वाचित सांसदहरुले लिए शपथ (फोटोफिचर)

फिल्को मिसन

पुस ७,२०७९ विहीबार
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधि सभाका सबैभन्दा जेष्ठ सदस्य पशुपतिशम्शेर जबराबाट बिहीवार दिउँसो १ बजेर २५ मिनेटमा सांसदहरुले शपथ लिएका हुन्।
संघीय संसद भवन नयाँ बानेश्वरमा शपथ समारोहको आयोजना गरिएको थियो । शपथ समारोहमा धेरै पुरुष सांसदहरु दौरा सुरुवाल र महिला सांसदहरु सारी लगाएर आएका थिए । कतिपय सांसदहरुले आफ्नो जातीय पहिचान झल्काउने पोशाक लगाएका थिए ।

 

शपथ लिएसँग नवनिर्वाचित सांसदहरु जेष्ठ सदस्यले आयोजना गरेको चियापान समारोहमा सहभागी भएका छन्। २सय ७५ सदस्यीय प्रतिनिधि सभामा यसपटक नेपाली कांग्रेसबाट ८९, एमालेबाट ७८, माओवादीबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, राप्रपाबाट १४, जसपाबाट १२, एकीकृत समाजवादीबाट १० सांसद छन्। त्यसैगरी जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४, नागरिक उन्मुक्ति पार्टीको ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीले १–१ सांसद छन्। यसै गरी, प्रतिनिधि सभामा ५जना स्वतन्त्र सांसद छन्।

 

प्रतिक्रिया दिनुहोस